Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले अध्यक्ष खनाल आज गुल्मीमा

Published on 2:33:00 PM //

मनोज बस्नेत
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज गुल्मी आउँदै हुनुहुन्छ । एमाले क्षेत्र नम्बर ३ गुल्मीको दोस्रो क्षेत्रीय अधिवेशनको उद्घाटन गर्न अध्यक्ष खनाल हेलिकप्टर मार्फत दिउँसो गुल्मी आउन लाग्नुभएको हो । क्षेत्र नम्बर ३ को अर्जे पोखराबारीमा चल्ने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको क्षेत्रीय अध्यक्ष लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । भोली सम्म चल्ने अधिवेशनले एमाले क्षेत्र नम्बर ३ को नयाँ नेतृत्व समेत चयन गर्ने छ । यसैबिच अध्यक्ष खनालले आजै बाट सोही स्थानमा सञ्चालन हुने अनेरास्वीयु क्षेत्र नम्बर ३ को अधिवेशनको समेत उद्घाटन गर्नुहुने छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग