Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

के के भने गुल्मी पुगेका झलनाथ खनालले ? (अडियो)

Published on 3:06:00 PM //

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एनेकपा -माओवादी)को सरकार रहुन्जेल देशमा शान्ति आउन नसक्ने बताउनुभएको छ।
नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ को दोस्रो क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकारले शान्ति र संविधानको काम गर्नुको साटो राज्यको ढुकुटी रित्याउने, भ्रष्टाचार निम्त्याउने, शान्तिको साटो अहिंसा र गैरजिम्मेवारी काम गरिरहेको आरोपसमेत उहाँले लगाउनुभएको छ। भट्टराईले छ महिनामा नै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने आश्वासन दिए पनि अहिलेसम्म शान्ति र
संविधानको काममा सिन्कोसमेत भाँच्न नसकेको जिकिर गर्नुभयो।
उहाँले सत्तामा जानका लागि जस्ता पनि सम्झौता गर्ने र सत्तामा पुगेपछि चाहे सातबुँदे होउन् वा पाँचबुँदे, सबै सहमति बिर्सिएर आफूखुसी काम गरेकाले यो सरकारले समयमा नै शान्ति र संविधानको काम गर्न नसक्ने ठकुवासमेत गर्नुभयो।
कार्यकममा झलनाथ खनालले थप के के भन्नुभयो, अडियो क्लिपहरु तल छन । अडियो: गगनशिला खड्का 

अडियो १


अडियो २

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग