Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डमा लुट प्रदर्शन हुने

Published on 5:47:00 PM //

सन्जु काउछा
युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली फिचर फिल्म 'लुट' अब फिन्ल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । पुराना ढर्राका नेपाली चलचित्र भन्दा एकदमै फरक भनिएको चलचित्र 'लुट' गैर आवासिय नेपाली संघ, फिन्ल्यान्डको आयोजनामा फिन्ल्यान्डको राजधानी हेल्सिन्किमा प्रदर्शन भएको हो । एनआरएन, फिन्ल्यान्डको च्यारिटी प्रोजेक्टहरुलाई सघाउने उद्देश्यले फिल्म चलाऊन लागिएको एनआरएन फिन्ल्यान्डका बाल कृष्ण श्रेष्ठले जानकारी दिए । "१० युरो टिकट शुल्क तोकिएको 'लुट'को आगामी फेब्रुअरी १९ मा हेल्सिन्की स्थित कोन्तुला हलमा २ शो प्रदर्शन गरिनेछ । दिउँसो २:३०मा पहिलो शो र बेलुका ६ बजे दोश्रो शो प्रदर्शन गरिने छ", श्रेष्ठले भने-" २ शोमा कम्तिमा पनि ३०० जती दर्शकहरुको उपस्थिती रहने अपेक्षा गरेका छौँ ।" राजधानी हेल्सिन्की पश्चात फिन्ल्यान्डकै अर्को ठुलो शहर ताम्पेरेमा पनि फिल्म प्रदर्शनको तैयारी भैरहेको छ  आयोजकहरुले जानकारी दिएका छन ।
फरक धारको भनिएको 'लुट' प्रदर्शनमा आउनु भन्दा पहिले देखी नै यसले युट्युबमा राखिएको प्रोमो मार्फत राम्रै चर्चा बटुल्न सफल भएको थियो । नेपाली समाज र बिदेशमा रहेका नेपाली युवा समुदाय बिच बोलिने चलन चल्तिका भाषाहरु समाबेस गरेर मौलिक रुपमा प्रस्तुत गरिएको चलचित्र 'लुट'ले नेपाली सिनेमाको पछिल्लो बजारमा धुम मच्चाईरहेको छ । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लुट' लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ् राई लगाएतका कलाकारहरुले सो सिनेमामा अभिनय गरेका छन् । चलचित्रमा रोशन थापा र किरण तुलाधरको संगीत रहेको छ। चलचित्रमा तीनवटा गीत समावेश छन। यसको एउटा आइटम गीतमा नायिका सुष्मा कार्कीले नृत्य  गरेकी छिन । मायाप्रितीका कथामा बनेका चलचित्रका गीतसंगीत भन्दा यसमा फरक शैलीका गीत रहेको चलचित्रमा उध्रेको चोली बोलको गीतमा इन्दिरा जोसी र निश्चल बस्नेतका स्वर रहेको छ ।
'लुट' पछी थप नेपाली चलचित्रहरु हाइवे र दासढुङ्गा पनि प्रदर्शन गर्ने योजना रहेको आयोजकहरुले बताए । यसभन्दा पहिले केही संघ-सँस्था तथा समुहहरु मार्फत फाट्टफुट्ट रुपमा केही नेपाली डकुमेन्ट्री तथा छोटा चलचित्रहरु प्रदर्शन गरिएपनी मुलधारको नेपाली चलचित्र भने फिन्ल्यान्डमा पहिलो पटक प्रदर्शन गर्न लगिएको हो । 'लुट' प्रदर्शनको खबरले फिन्ल्यान्डबासी नेपालीमा नयाँ उत्साह जगाएको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग