Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिँडाइले थाहा हुन्छ- युवती मायालु कि झगडालु

Published on 2:42:00 PM //


Image Courtesy: Shutterstock.com

 युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू मायाप्रीतिको मामिलामा कति तयार छन् । फ्रान्सको बे्रताग्रे सद विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले खोजी गरेअनुसार जति बेला शारीरिक सम्पर्कपछि गर्भ बस्ने सम्भावना हुन्छ, त्यति बेलाको उनीहरूको चालढालमा अरू समयको दाँजोमा बढी आकर्षण हुन्छ । त्यस्तो बेला उनीहरूको हिँडाइ कामोत्तेजक हुन्छ  र यसले सामान्य व्यवहारमा पनि अलिअलि परिवर्तन देखिन्छ । यो समय उनीहरू बढी आकर्षकसमेत लाग्छन् ।

प्रा. निकोलस गुएग्वेनेको नेतृत्वमा गरिएको उक्त अनुसन्धानअन्तर्गत एक सय तिन अविवाहित युवतीहरूको आकर्षक चालढालको विश्लेषण गरिएको थियो । यही आधारमा अनुसन्धाताहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् ।

उक्त अध्ययनअन्तर्गत हरेक युवतीलाई एउटा कोठामा कसैको प्रतीक्षामा बस्न लगाइयो । केही समयपछि एउटा स्मार्ट युवक आएर उनीहरूमाझ बस्यो । त्यो युवक उनीहरूसँग हाँसेर कुरा गर्न थाल्यो । यसपछि सबैलाई प्रयोगशालामा लगियो र उनीहरूका क्रियाकलापको अनुसन्धानको भइरहेको जानकारी दिइयो । तर उनीहरूलाई पत्तै नदिई उनीहरूको हिँडाइ, हाउभाउ आदि क्यामेरामा कैद गरियो । युवतीहरू प्रयोगशालामा पुगेपछि उनीहरूको स्वीकृतिमा उनीहरूको र्‍यालको परीक्षण गरियो ।

यसैका आधारमा अनुसन्धानकर्ताहरूले भने- युवतीहरूको चाल अर्थात् हिँडाइ र हाउभाउका आधारमा मायाप्रेमप्रति उनीहरूको चाहना पत्ता लगाउन सकिन्छ ।

यौन जीवनको रहस्योद्घाटन

रक्सीलाई सामाजिक पेय (सोसियल डि्रंक) मानिन्छ । तर पुरुषका हकमा मात्र । महिलालाई यो डि्रंकले असामाजिक बनाउँछ । अध्ययनअनुसार उनीहरू मद्यपानपछि बहकिन्छन् ।

एउटा अध्ययनमा थाहा भएअनुसार रक्सी खाएपछि महिलाहरू यौनानन्द उठाउने तरिकाबारे बताउन थाल्छन् । जो महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन, उनीहरू अनुभव आफ्नी साथीसँग साट्न थाल्छन् ।

'यस्तो हुनुको कारण भने कुरा गर्दै उनीहरूले आवश्यकताभन्दा बढी रक्सी खानु हो,' अनुसन्धानकर्ता भन्छन्, 'त्यसैले उनीहरू आफूमा नियन्त्रण राख्न सक्दैनन् ।'

मुटु रोगी र सम्पर्क

हृदयाघातको सामना गरिसकेका व्यक्तिहरूमध्ये धेरैजसोले पुनः यौनसम्बन्ध कायम गर्न सक्छन् । अमेरिकन हार्ट एसोसिएसनद्वारा जारी नयाँ दिशानिर्देश अनुसार यदि हृदयाघात भइसकेपछि पनि हिँडडुल गर्दा वा भर्‍याङ चढ्दा छातीमा पीडा अनुभव गर्नुहुन्न, सास फेर्न असजिलो अनुभव गर्नुहुन्न भने तपाईंका लागि यौनसम्बन्ध सुरक्षित छ ।

तर एसोसिएसनको सल्लाह छ- सबै किसिमका मुटु रोगीहरूले के कुरा मनमा राख्नु आवश्यक छ भने यौनसम्पर्कलाई पुनर्जीवन दिनुअघि एकचोटि चिकित्सकको सल्लाह लिनुपर्छ ।

पहुँचबाहिरका युवतीमा बढी खर्च

के तपाईंलाई आफूले चाहेकी कुनै युवती आफ्नो पहुँचभन्दा टाढा छिन् भन्ने लाग्छ ? उत्तर सकारात्मक आउँछ भने यो पनि सत्य हो- तपाईं ती युवतीमाथि बढी खर्च गर्नुहुन्छ ।

हालैको अध्ययनमा दाबी गरिएअनुसार युवतीहरूका लागि खर्च गर्नुपरे दाँतबाट पसिना निकाल्ने पुरुष निकै कम हुन्छन् । यो अध्ययन 'लाइफ साइन्स' पत्रिकामा प्रकाशित छ । उसो त आफूवरिपरि धेरै युवकले चक्कर लगाइरहेको थाहा पाए युवतीहरू त्यसै पनि आफूमाथि बढी खर्चको अपेक्षा गर्छन् । उनीहरू युवकले आफूमाथि पैसा बर्साउनु आफ्नो हक रहेको ठान्छन् ।

यो अनुसन्धानका प्रमुख तथा युनिभर्सिटी अफ मिसिगनका प्रा. ब्लादास गि्रस्केबिसिअसका भन्छन्, 'केहि यस्तै खाले प्रवृत्ति जंगली जनावरको कुनैकुनै प्रजातिमा समेत पाइन्छ । जसरी जनावरमा पोथीको कमी हुँदा भाले बढी प्रतियोगी हुन्छ, त्यसैगरी मानिसमा यस्तो संस्कार हुन्छ ।'

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग