Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पपुवा न्यू गिनीमा ३ सय ५० यात्रु बोकेको जहाज डुब्यो

Published on 1:54:00 PM //


 पपुवा न्यू गिनीको उत्तरी तटमा बिहीबार ३ सय ५० यात्रु बोकेको जहाज डुबेकेा छ । दुर्घटनामा केही यात्रीको मृत्यु भएको आशंका गरिएको छ ।

छिमेकी अष्ट्रेलियाकी प्रधानमन्त्री जूलिया गिलार्डले पपुवा न्यू गिनीको उत्तरी तटमा डुंगा डुबेको पुष्टि गरेकी छिन् । उनले दुर्घटनालाई 'ठूलो प्राकृतिक विपत्ति' भनेकी छिन् ।

जहाजका अधिकारीले दुर्घटनामा परेकामध्ये २८ जनाको उद्दार गरेको बताएका छन् । उद्दार अभियानका संयोजक क्याप्टेन नुरुर रहमानले भने, '२८ जनाको उद्दार भएको छ ।' उद्दारका लागि अष्ट्रेलियाली अधिकारीले चार व्यापारिक जहाजलाई घटनास्थल पठाएका छन् । रहमानले ३ सय ५० यात्रु बेपत्ता भएकोबारे आफूले पुष्टि पनि गर्न नसक्ने र खण्डन पनि गर्न नसक्ने बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

पपुआ न्यू गिनीको राष्ट्रिय जहाज सुरक्षा प्राधिकरण (एनएमएसए)लेस्थानीय समयअनुसार बिहान ६ बजे मध्यभाग जाँदै गदा एमभी राबौल क्वीनसँग सम्पर्क टुटेको बताएको छ । प्राधिकरणले अहिलेसम्म मृत्युबारे कुनै जानकारी नआएको बताएको छ ।

ईकान्तिपुरको सहयोगमा समाचार एजेन्सीबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग