Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्याक खिचेर जिपले किच्दा एकको मृत्‍यु

Published on 10:23:00 PM //


गंगा राम पाण्डे
गुल्मीको पौदी अमराई ५ केन्द्रटोलमा जीपले कीच्दा एक जनाको ज्यान गएको छ ।
बिहीवार साँझ ८ बजेतिर लु १ ज १६७५ नम्बरको जीपले पौदी अमराईकै करीब ५० बर्षका यम बहादुर थापालाई पछाडि खीची कीचेर मारेका हो । चालक फरार भएको र जिपलाई स्थानिय बासीले नियन्त्रणमा लीई तोडफोड गरेको पौदीअमराईबाट बिमल के.सि. ले जानकारी दीनुभएको छ । मृतक यम बहादुर थापा शारीरीक अपाङ्ग भएको बताईएको छ । तम्घासबाट प्रहरीको एक टोली पौदी अमराईतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग