Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुरु भयो टिमुरे महोत्सब (फोटो फिचर)

Published on 9:56:00 PM //


तेजेन्द्र थापा
"पर्यटनका लागी महोत्सब, पहिचानका लागी महोत्सब" भन्ने नाराका साथ प्रथम टिमुरे महोत्सब २०६८  आज शुक्रबार देखी शान्तिपुर, रेमिमा शुरु भएको छ ।

शान्तिपुर टिमुरे क्षेत्र सँस्कृती संरक्षण पर्यटन प्रबर्द्दन तथा ब्यबस्थापन समिती, शान्तिपुर रेमीद्वारा आयोजित महोत्सबको उद्घाटन शुक्रबार गुल्मी क्षेत्र न १ का सभासद श्री सुदर्शन बलालले गर्नु भयो ।
महोत्सब आयोजना समितिका अध्यक्ष शेर बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, जिल्ला बिकास समितिका प्रमुख दीपेन्द्र पौडेल, जिल्ला प्रहरी प्रमुख राज कुमार बैदवार, पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतम लगायतको उपस्थिती रहेको थियो ।
यसै अवसरमा टिमुरे र शान्तिपुरलाई समेटेर तयार गरिएको डकुमेन्ट्री "शान्तिपुर टिमुरे" को सिडिको बिमोचन समेत गरियो ।
महोत्सबमा वार्ड स्तरीय भलिबल प्रतियोगिता, स्थानीय झाँकिहरु प्रदर्शन, स्थानीय लोक सँस्कृतिक कार्यक्रमहरुको साथमा राष्ट्रिय ख्याती प्राप्त कलकारहरुको समेत प्रस्तुती रहने छ ।
सो कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन चर्चित कलाकारहरु  झ्याँईकुटि-झ्याँईका दमन रुपाखेति, शेखर खनाल, दिपेन शाह्, कमल गाउँले, शर्मिला गुरुङ, राजु गुरुङ लगायतका कलाकरहरुको उपस्थिती रहने छ ।
"शान्तिपुर टिमुरे" डकुमेन्ट्री शुक्रबार बिहान ९:१५ बजे तराई टिभीबाट समेत प्रदर्शन हुने यसका निर्माता-निर्देशक कृष्ण सान थापाले जानकारी दिनुभएको छ ।





0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग