Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आगलागीका घटना बढे, लाखौंको क्षती

Published on 5:07:00 PM //


गर्मी मौसम शुरु हुनेबित्तिकै गुल्मीमा आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका विभिन्न भागमा भएका आगलागीका घटनामा लाखौंको क्षति भएको छ।
शान्तिपुर रेमीमा जलेर नष्ट भएको घर । फाइल फोटो: तेजेन्द्र थापा 
सदरमुकाम तम्घासमा विद्यार्थीहरुको कोठामा आगलागी हुँदा डेढ लाखबराबरको क्षति भएको छ । अमरमुर गाविस-४ घर भई अर्जुन बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थी बसेको तम्घास गाविस-१ निवासी केदार पाण्डेको घरमा आगलागी भएको हो। कक्षा ६ मा पढ्ने अमित भण्डारी र ३ मा पढ्ने धनिश्वर भण्डारी बस्ने कोठामा विद्युत् सर्ट भई आगलागी हुँदा उनीहरुका लत्ताकपडा कापी-किताब नगदसमेत जलेर नष्ट भएको छ। कोठाबाट शुरु भएको आगोले घरमा समेत करिब ६० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आफूहरु स्कुल गएको बेला आगलागी भएपछि अध्ययन र सुत्नका लागि केही बाँकी नरहेको अमितले बताए। उनका बाबुआमा अमरपुर घरमै बस्दै आएका छन्। आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको पहलमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो।
यस्तै पराल्मी गाविस-३ का शिवप्रसाद पोखरेलको घर र बाबुराम पोखरेलको गोठमा पनि आगलागी हुँदा करिब ५ लाखबराबरको क्षति भएको छ। घरमा रहेको अन्नपात लत्ताकपडा कागजपत्र र नगद जलेको पीडितहरुले बताएका छन्। उता पूजा गर्न बालेको अगरबत्तीबाट सल्किएको आगोले गुल्मीको इस्मा रजस्थलमा साढे ८ लाखबराबरको क्षति भएको छ। इस्मा रजस्थल-५ सिरारका नरबहादुर जिसीको बड्डालो मानिस पनि बस्न मिल्ने गरी बनाइएको गोठ मा आगलागी हुँदा सो क्षति भएको हो। आगलागीका कारण गरगहना लत्ताकपडा अन्न घाँस र महत्वपूर्ण कागजपत्रसमेत गरी ८ लाख ३५ हजार २ सय ५० रुपियाँबराबरको क्षति भएको पौदी अमराई प्रहरी चौकीले जनाएको छ।
नेपाल समाचारपत्रबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग