Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जँड्याहा बाँदरको चर्तिकला (भिडियो सहित)

Published on 5:17:00 PM //


क्यारेबियन सागरको सेन्ट किट्स द्धिपमा बाँदरको आनीबानीको अध्ययन गर्ने क्रममा बाँदर पनि मान्छेजस्तै मदिराप्रेमी रहेको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनले मानिस र बाँदरको मद्यमानको लतमा समानता भएको देखाएको हो ।
सेन्ट किट्स द्धिपमा अहिले रहेका बाँदर झण्डै ३ सय वर्ष पहिला अपि|mकाबाट ल्याइएका बाँदरका सन्तान हुन् । त्यहाँका उद्योगमा काम गर्न आएका दासहरुले आफुसँगै जहाजमा बाँदर पनि ल्याएका थिए । सेन्ट किट्समा कुहिन थालेका फ्याँकिएका फलफूल खाँदाखाँदै यी बाँदरहरुलाई रक्सी खाने लत बसेको थियो । अहिले यी बाँदरहरु समुद्री किनारका विभिन्न होटलहरु जबरजस्ती छिरेर त्यहाँ आएका पाहुनाले खान लागेका सफ्ट डि्रंक्स र अल्कोहल समेत चोरेर खाइदिन्छन् ।
अध्ययनका क्रममा के पनि देखियो भने केही बाँदरले अल्कोहल पिउँदैनन् र सफ्ट डि्रंक्स लिन रुचाउँछन् । रक्सी खाने बाँदरमध्ये पनि कोहीले अलिकति मात्र खान्छन् भने कोही नराम्ररी मात्तिने बेलासम्मै रक्सी खान्छन्, जँड्याहा मान्छेले जस्तै । रक्सी खाएपछि बाँदरहरु पनि मान्छे जस्तै एक आपसमा लडाइ झगडा गर्छन् । अर्को अचम्मको कुरा त के भने यी बाँदरको समूहमा रक्सी खाने बाँदरको शान निकै ठूलो हुँदो रहेछ । हेरौँ यी जँड्याहा बाँदरको चर्तिकला:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग