Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो इन्दिरा युवा क्लवको रमझम

Published on 10:54:00 PM //


विष्णु पौडेल
 तीन दिनदेखि जारी इन्दिरा युवा क्लव धुर्कोट रजस्थल गुल्मीको दोस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा क्लवले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा एच एन ए समुह प्रथम, इन्दिरा मावि द्धितीय, र थ्री स्टार युवा क्लव तृतीय भएका छन् । कार्यक्रममा विजयी समुहलाई पुरस्कार समेत वितरण गरिएको छ ।
साथै वार्षिक उत्सवका अवसरमा क्लवले आयोजना गरेको सांस्कृति कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । कलाकार महेन्द्र भण्डारी, तुल्सीँह म्युजिक, लगायतका स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्लवका अध्यक्ष वावुराम परीयारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दीरा माध्यामिक विद्यालय  विद्यालयका पुर्व व्यवस्थापन समिती अध्यक्ष भेषवहादुर खत्री, वर्तमान अध्यक्ष लोक वहादुर केसीको क्वलव सल्लाहकार सयोजक दल वहादुर थापा, कार्यक्रममा माओवादी कृष्ण भण्डारी, एमालेका राम वहादुर जिसी, जनमोर्चाका भिमकान्त पन्थी, पशुसेवा कार्यलय धुर्कोटका प्रमुख श्याम कार्की, प्रहरी चौकी धुर्काेटका प्रमुख गोकुल गुरुङ, उपस्वास्थ्य चौकीका प्रमुख टिकाराम भण्डारी, पत्रकार दधिराम खनाल, अर्जुन भण्डारी लगायततको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव कृष्ण केसीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग