Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबइका मनी एक्स्चेन्जमा नेपाली रुपैयाँ

Published on 4:18:00 PM //

संयुक्त अरब इमिरेट्सको दुवइ स्थित मनी एक्स्चेन्जहरुमा चाहे अनुसारको नेपाली रुपैयाँ साट्न पाइने सुनेर राजस्व अनुसन्धान विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठ आश्चर्यमा परे ।

‘रकम बाहिर लैजान रोक्ने यत्रो कसरत भइरहेको छ’, उनले भने ‘यसरी रकम बाहिरिनु केन्द्रीय बैंक, अर्थमन्त्रालय र सुरक्षा निकायका लागि नै चुनौति हो ।’ दुबइको ड्रागन मार्ट मा मनी एक्सचेन्जरलाई १० लाख रुपैयाँ साट्न पाइन्छ भनेर सोध्दा भोलिपल्टै उपलब्ध गराउने जवाफ दिएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।

आजको कारोबार दैनिकमा छापिएको खबर अनुसार वित्तिय अपराध नियन्त्रणसम्बन्धि प्रशिक्षणमा दुबइ पुगेका महानिर्देशक श्रेष्ठले कसरी रकम आएको छ भन्ने जान्ने प्रयास गरेका थिए ।

कामका लागि जानेहरु र हुन्डीजस्ता अवैध मार्गबाट पैसा बाहिरिने गरेको उनको ठम्याइ छ । यसरी बाहिरिएको नेपाली रुपैयाँले विदेशी मुद्रा आर्जनमा मात्र होइन भन्सारमा कम मूल्यका बिल बनाउन समेत सघाइरहेको उनले बताए ।

यसले नेपाली रुपैयाँले आर्जन गर्ने विदेशी मुद्रामा पनि असर पारेको छ । यसरी बाहिरिएको नेपाली रुपैयाँ घुमिफिरी नेपाल आउने भएपनि त्यसले व्यापारमा विकृति बढाउने श्रेष्ठले बताएका छन् ।

खुला सीमाका कारण नेपाली रुपैयाँ भारतमा भएका हुन्डीहरबाट समेत बाहिरिने गरेको आशंका गरिएको छ ।
अन्लाईन खबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग