Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसबुकमा सौता भेटिएपछि

Published on 4:06:00 PM //

दुई अमेरिकी महिलाले आफूहरुको विवाह एकै पुरुषसँग भएको समाजिक सञ्जाल फेसबुकबाट थाहा पाएकी छिन् । फेसबुकमा रहेको ‘पिपुल यू मे नो’ फिचर छ । अदालतको दस्तावेजका अनुसार एलन ओनीलका श्रीमतीले फेसबुकमा भेटिएका नयाँ साथीको बाल हेर्दा पो पाइन कि आफ्नो श्रीमानले आफूमाथि सौता हालेछन् ।

नयाँ साथीको बालमा राखिएको तस्वीरमा आफ्नो श्रीमान नाम परिर्वतन गरेर विवाह केकका साथमा छन् । त्यसपछि उनले आफ्नो श्रीमानको आमालाई सम्पर्क गरिन र अधिकारीलाई खबर गरिन् । ओनील एक जेलका अधिकारी हुन् । उनीमाथि एक श्रीमती हुँदा हुँदै अर्को श्रीमती ल्याएको आरोप लागेको छ ।

दस्ताबेजका अनुसार ओनीलले सन् २००१ मा एलन फल्कको नामबाट विवाह गरेका थिए भने २००९ मा पहिलो श्रीमतीसँग सम्वन्ध विच्छेद नै नगरि अर्को बिबाह गरेका छन् । बहुबिवाहको आरोप लागेका ओनीललाई यसै महिना अदालतमा पेश गरिँदैछ । अदालतले दोषी ठहर गरेको अवस्थामा उनलाई एक वर्षसम्म जेल सजाय हुनेछ । एनेज्सीको सहयोगमा अन्लाईन खबर डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग