Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेट्रोल खाने युवती (भिडियो सहित)

Published on 4:07:00 PM //


तिर्खा लाग्दा त पानी पो खाइन्छ । तर यहीँ धर्तीमा यस्ता मनुष्य पनि छन् जसले पेट्रोलियम पदार्थ पिएर तिर्खा मेटाउँछन् । सुन्दै आङ जिरिंग हुने यो सत्य घटना हो अमेरिकी एक युवतीको । २० वर्षकी श्यानोन नामकी ती युवतीले दैनिक पेट्रोल, डिजेल तथा मट्टतिेल जस्ता पेट्रोलियम पदार्थ खाने गरेकी छिन् ।
अमेरिकी टेलिभिजन च्यानल टी एल सी को चर्चित कार्यक्रम मेरो अनौठो लत मा प्रस्तुत भएकी ती युवतीले आफुमा पेट्रोलको गन्ध सुँघ्ने र पेट्रोल खाने लत भएको खुलासा गरिन् ।
ग्यास तथा पेट्रोलका बट्टाको बिर्को खोलेर त्यसबाट निस्किएको फिँज र गहिरो गन्ध लिन मलाई खुबै मन पर्छ, श्यानोन भन्छिन्, बिर्कोमा अडि्कएको पेट्रोल पनि मैले चाट्ने गर्छु ।
यसरी गन्ध लिँदै र खाँदै गर्दा कहिलेकाहीँ त दिनमा १२ चम्चा सम्म पेट्रोल खाएको उनको अनुभव छ । यसो गर्दा उनले एक वर्षमा ५ ग्यालेन पेट्रोल खाएकी छिन् ।
यसले हानी पूराउँछ भन्ने मलाई थाहा छ तर पेट्रोल पिउनु मेरो रहर हो, उनी भन्छिन् । उनकी आमालाई पनि छोरीको पेट्रोल पिउने बानी देख्दा सुरुमा पत्याउनै गाह्रो भएछ । तर जब छोरीको सासमा पेट्रोल गन्हाउन थाल्यो तब उनलाई विश्वास लाग्यो ।
स्वास्थ्यकर्मीहरु पेट्रोलियम पदार्थको सेवनले पेट तथा अन्ननली पोल्ने, बान्ता आउने तथा पखाला लाग्ने र यसको मात्रा बढि भएमा मान्छेको ज्यानै जाने बताउँछन् । तर वर्षमा पाँच ग्यालेन सम्म पेट्रोल पिउने यी तरुनीलाई केही भएको छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग