Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी अर्खलेमा रहेको ऐतिहासिक झझल्को दिने घर जलेर नष्ट, २२ लाख वरावरको क्षति

Published on 9:19:00 AM //

लिच्छिवीकालीन शैलीमा निर्मित ऐतिहाँसिक झझल्को दिने गुल्मी अर्खलेमा रहेको एक व्याक्तिको घर र संगै रहेको गोठ जलेर नष्ट हुँदा २२ लाख वरावरको क्षति भएको छ। वर्षौ पुरानो कलात्मक शैलीमा निर्मित अर्खले गाविस वार्ड नं. ८ भाडगाउँ निवासी स्वर्गीय डा. टिकाराम पन्थीको उक्त घर र गोठ समेत जल्दा सो मुल्य वरावरको क्षति भएको स्थानीयवासीले वताएका छन्। यता प्रहरीले भने २० लाख वरावरको क्षति अनुमान गरेको र क्षतिको थप विवरण आउँन वाँकी रहेको वताएको छ।
आईतवार दिउँसो २ वजेदेखि लागेको आगो करिव ४ घण्टापछि मात्र नियन्त्रणमा लिईएको स्थानीय शिक्षक थम्मन के.सी.ले जानकारी दिनुभयो। आगलागीवाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ त्यसैगरी घर भित्र रहेका सम्पूर्ण सामाग्री पनि जलेर नष्ट भएको छ । विशेष गरी परम्परागत शैलीमा निर्मित झ्याल ढोका लगायतका परापुर्वकालको झझल्को दिने वस्तुहरु जलेर नष्ट हुँदा स्थानीयवासी समेत दुखित भएका वनेका छन् । यस क्षेत्रमा यस्तो ऐतिहाँसिक झझल्को दिने घरहरु विरलै भेटिन्छन् । अपाङ्ग तथा सुस्त मनिस्थिती अवस्थाका डा. पन्थीका माहिला छोरा विरोचन पन्थीले वारीमा सिठा पोल्ने क्रममा गोठमा राखिएको सुकेको घाँसवाट सल्किएको आगो फैलिएर घर समेत जलेको हो ।
घरमा आगलागी हुँदा घर भित्र रहेका सुनचाँदी, नगद, महत्वपूर्ण कागज पत्र, अन्न, लत्ता कपडा, तामा तथा काँसका भाडाकुँडाहरु सवै जलेर नष्ट भएका छन् भने त्यस्तै घरभित्रै राखिएका धार्मिक पुराण, निर्ण्र्ााशिन्दु, स्मृति, उपनिसद जस्ता महत्वका पुस्तकहरु संगै चाँदीका पैसाहरु समेत जलेर नष्ट भएका छन् । त्यस्तै घरमा राखिएको सोलार पाता, व्याट्री लगायतका विद्युतीय समाग्रीहरु समेत जलेका छन् ।
उद्धारका क्रममा करिव २ तोला सुन फेला परेको छ भने विस्तारा मुनि राखिएको करिव ५० हजार नगद, विद्युतको मिटर वक्स लगायत केही सामान मात्र जोगाउन सफल भएको उद्धारमा संलग्न स्थानीय शिक्षक थम्मन के.सी.ले जानकारी दिनुभएको छ । त्यस्तै गोठको सम्पूर्ण भौतिक संरचना समेत जलेर नष्ट भएको छ । उद्धार कार्यमा वेलुकी सम्म जिल्ला प्रहरी कार्यालय र नेपाली सेना कालीदत्त गुल्मको टोली तथा स्थानीयवासी समेत खटिएका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग