दुबईमा नव बर्ष २०६९ को रमझम (फोटोहरु सहित)
Published on
4:51:00 PM //
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । २०६८ साललाई बिदाई गर्दै नयां बर्ष २०६९ को पूर्वसन्ध्याको अवसरमा दुबईको एभरेष्ट होटलमा शुभकामना आदानप्रदानसंगै विविध सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राष्ट्रिय गीतको साथ मानबहादुर थापा र गोपाल कंडेलले दीप प्ररोजलन गरि थालनी गरिएको कार्यक्रममा उपाध्यक्ष कृष्ण केसीले स्वागत मन्तव्य राखेका थिए । बागलुङ सेवा समाज युएईका क्षेत्रीय प्रमुखहरुले आ–आफ्ना मन्तव्यका साथ आफ्नो क्षेत्रीय संगठनका कार्यबिवरणहरु समेत सुनाएका थिए । सबै वक्ताहरुले बागलुङवासीहरुका मात्र समाज नभई सम्पूर्ण नेपालीहरुको साझा समाजको रुपमा लिनु पर्नेमा जोड दिए । युएईका स्थानीय ख्यातिप्राप्त गायक सूर्य केसीले गाएको रक्तिम गीत “वरको डाली सुकेर गयो...। मैना चरी बस्ने ठाउं छैन्।।। ।।,, भन्ने गीतले मन्त्रमुग्ध बनाएको थियो भने आफ्नै एल्वमको गीत “किन किन सम्झना आउंछ.....। झझल्कोले दिन रात सताउंछ.....।।,, गीतले भने दर्शकहरु लाई नाच्नसम्म बाध्ये तुल्याएको थियो । त्यस्तैगरी विभिन्न कलाकारहरुको विभिन्न प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएको थियो ।
सोही अवसरमा सामाजिक, पत्रकारिता र सांस्कृतिक क्षेत्रमा आफ्नो विभिन्न योगदान दिने व्यक्तिहरुलाई खादा र प्रशंसा–पत्र दिएर सम्मान गरेका थिए । आफ्नो मन्तव्यको क्रममा नेपाली एकता समाज युएईका अध्यक्ष तथा बागलुङ सेवा समाज युएईका वरिष्ठ सल्लाहकार मानबहादुर थापाले समाजिक क्षेत्रमा योगदान दिनेहरलाई धन्यबाद दिदै अझै सशंक्त रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो । त्यस्तैगरी अध्यक्ष गोपालप्रसाद कंडेलले बागलुङवासीहरुले सक्रियता जनाउंदै ५०० जनाले सदसयता र २० जनाले आजीवन सदस्यता लिएकोमा आभार व्यक्त गर्दै आगामी दिनहरमा अझै सक्रियता हुनुपर्नेमा जोड दिनु भएको थियो ।
0 प्रतिकृयाहरु