Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अण्डाबाट होइन, सोझै चल्ला जन्मियो

Published on 2:56:00 AM //


कोलम्बो (श्रीलङ्का), वैशाख ७ (एजेन्सी)- पहिला अण्डा आयो कि चल्ला भन्ने विवाद नयाँ होइन तर यसको जवाफ अहिलेसम्म आउन सकेको छैन। किनभने पोथी कुखुराले सधैं चल्ला होइन, अण्डा दिने गरेको छ तर श्रीलङ्कामा एउटा पोथी कुखुराले यस भनाइलाई गलत सावित गर्दै सोझै चल्ला जन्माएको छ।
बिबिसीका अनुसार श्रीलङ्काको पहाडी क्षेत्रमा बस्ने रञ्जित एकानायकेको घरमा पोथी कुखुराले बच्चा जन्माएपछि सबै छक्क परेका थिए।
आफ्ना छ वटा पोथी कुखुरामध्ये एउटाले कुनै अण्डा नदिएको मात्र उनलाई थाहा थियो। तर त्यो कुखुराले अण्डाको बदला सोझै चल्ला जन्माएपछि भने उनी छक्क परेका थिए। चल्ला पनि पूर्ण विकसितरुपमा जन्मेको थियो।

चल्ला जिउँदै भएको र पूर्ण स्वस्थ रहेको छ भने त्यसलाई जन्माउने कुखुरा भने मरेको छ। त्यस क्षेत्रका सरकारी पशु चिकित्सा अधिकारीले पनि यस किसिमको घटना कहिल्यै नसुनेको बताएका छन्। समाचारपत्रमा उनले त्यस कुखुराको मृत शरीर जाँच गरिरहेको तस्बिर पनि प्रकाशित भएको छ।

उनका अनुसार कुखुराको प्रजननीय तन्त्रमा एउटा अण्डा विकसित भयो। त्यो अण्डा कुखराको शरीर बाहिर नआई २१ दिनसम्म भित्रै रह्यो। त्यसबाटै चल्ला निस्कियो।

त्यो पोथी कुखुरा भित्री चोटबाट मरेको पोस्टमार्टम रिपोर्टमा जनाइएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग