Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा स्वास्थ्य शिबिर सन्चालन गर्न फिन्ल्यान्डबाट १ लाख बढी सहयोग

Published on 9:36:00 PM //



केही समय पहिले गुल्मीको रुपाकोट र मजुवामा आयोजित स्वास्थ्य शिबिरको सहयोगार्थ फिन्ल्यान्डमा बसोबास गर्दै आएका रुपाकोटका बासिन्दाहरुले १ हजार युरो (१ लख भन्दा बढी) रकम सहयोग गरेको, रुपाकोट समाज गुल्मी फिन्ल्यान्डले जनाएको छ । स्थानिय समुदाय र खासगरी अशक्त ब्यक्ति तथा समुदायका लागि राम्रो तथा स्थानीय स्तरमा सहज स्वास्थ्य जाँच परीक्षण तथा परामर्शको सेवा उपलब्ध गराउने उद्देश्यका साथ गुल्मीको रुपाकोट गाविस र तुराङ गाविसमा स्वास्थ्य शिबिर आयोजना गरिएको थियो । उक्त शिबिर सन्चालनको लागि फिन्ल्यान्डमा रहेका विद्यार्थी, जागिरे तथा ब्यवसायीहरुले रुपाकोट समाज गुल्मी फिन्ल्यान्ड मार्फत सो रकम सङ्कलन गरेर पठाएको धर्म भण्डारीले जानकारी दिनुभयो । सहयोग गर्नेहरुको नामावली यस प्रकार छन:

धर्म भण्डारी                             २०० युरो
कुल्मणी भण्डारी                       १०० युरो
भक्तिराम भण्डारी                    १०० युरो
डाँफे रेस्टुरेन्ट (भागीरथ भण्डारी र पुनाराम भण्डारी) १०० युरो
लक्ष्मण भण्डारी                        १०० युरो
भुवन भण्डारी                           ५० युरो
डिल्लिराज गैरे                          ५० युरो
डाँशिराम भण्डारी                     ५० युरो
शंकर भण्डारी                           ५० युरो
गोपाल भण्डारी                         ५० युरो
मुकुन्द भण्डारी                          ५० युरो
मन्जु खरेल                                ५० युरो
सुरक्षा गैरे                                 ५० युरो
जिल्ला जनस्वास्थ्य कार्यालय, गुल्मी र लायन्स क्लब, गुल्मीको सहयोगमा रुपाकोट समाज गुल्मीले आयोजना गरेको उक्त शिबिरमा चिकित्सकहरु डा. सञ्जय श्रेष्ठ, डा. गोविन्दमान प्रधान, डा. हरी बहादुर के.सी, डा. इशा भण्डारी, डा. मोना श्रेष्ठ, डा. प्रदिप सापकोटा, डा. रामकुमार महर्जन लगायतको चिकित्सक टोलिले स्वास्थ्य सेवा पुर्याएको रुपाकोट समाज, गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग