Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आकासमै चालकको मृत्युपछि उनकी वृद्ध श्रीमतीले विमान सकुशल ओरालिन

Published on 4:42:00 PM //


विसकोन्सिन (अमेरिका), चैत २२ (एजेन्सी)- अमेरिकी आकाशमा उडिरहेको विमानमा पाइलटको मृत्यु भएपछि उनकी वृद्ध पत्‍नीले विमानलाई पूर्वोत्तरमा रहेको सानो विमानस्थलमा सकुशल अवतरण गराएकी छिन्। विमानमा इन्धन लगभग समाप्त भइसकेको बताइएको छ।
८० वर्षीय हेलेन कोलिन्सले धेरै वर्षअघि उडानसम्बन्धी तालिम लिएको भए पनि सेस्ना टि्वन इन्जिन विमानलाई नियन्त्रण गर्न अभ्यस्थ भने थिइनन्। तर सोमबार बेलुका आफ्नो पतिको निधनपछि उनले जसोतसो विमान ओरालेको चेरिल्यान्ड विमानस्थलका निर्देशक केथ कस्बोमले बताए।

कोलिन्सलाई सहयोग गर्न अर्का एक पाइलटले उडान भरे पनि विमान ओराल्ने काम उनी आफैंले गर्नुपरेको थियो। 'उनी रनवेमा ओर्लने अन्तिम प्रयासमा थिइन्', कासबोमले भने- अन्तिम प्रयासमा एउटा इन्जिनको आवाज असामान्य सुनिएको रिपोर्टिङ उनले गरेकी थिइन्।

कोलिन्सले सेस्ना कास्वोमलाई सावधान गर्न ग्रिन वेस्थित एयर ट्राफिक कन्ट्रोलर्सको ९११ मा सूचना दिएकी थिइन्। 'हाम्रो मनमा पहिलो विचार नै यी महिलालाई जसरी भए पनि सहयोग पुर्‍याउनुपर्छ भन्ने आयो'- उनले भने।

कासवोमले विमानस्थलभन्दा एक माइल पर मात्र बस्ने विमान चालक (पाइलट) रोबर्ट भुक्सानोविचलाई बोलाएका थिए। त्यसपछि भुक्सानोविचले अर्को विमानमा उडेर महिलालाई सहयोग पुर्‍याएका थिए।
नागरिकन्युज डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग