Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुपचुपमै भयो बिष्णु माझीको बिहे

Published on 6:40:00 PM //


  सूर्यकुमार क्षेत्री/ उज्यालो | काठमाडौं,  बैशाख २८ - चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझीको बिवाह भएको छ । यसअघि देखि नै काठमाडौंमा एकैठाउँ बस्दै आएका सुन्दरमणी अधिकारीसँग माझीको बिवाह भएको हो ।
सुन्दरमणीसँगको बसाईलाई लिएर धेरै टिकाटिप्पणी भईरहेका बेला बिष्णु माझीको गुपचुपमा लगनगाँठो कसिएको हो । गत मंसिर महिनामा नै पोखरा लेकसाइडको एक मन्दिरमा यो जोडिले विवाह गरेको भए पनि यो कुरा अहिले मात्रै खुलेको हो । तर बिवाह गरेको कुरालाई बिष्णु र सुन्दरमणीको जोडीले गुपचुप राख्दै आएको छ । । उहाँहरुको विवाहमा सहभागी भएका पोखराका सुदन पौडेलका अनुसार बिष्णु माझीलाई सुन्दरमणीले आफनो घर लेखनाथ नगरपालिका बेगनासमा धुमधामका साथ भित्रियाउनु भएको थियो । पौडेल भन्नुहुन्छ ‘बिष्णु र सुन्दरको बिवाह गर्दा मन्दिरमा लागेको खर्च म आफैले तिरेको हुँ, बिल पनि म सँगै छ ।’ मन्दिरमा एक हजार लाग्थ्यो तर सुन्दरमणीले १ हजार थपेर दिनु भनेपछि दुई हजार दिएको पौडेलको भनाई छ ।
तर सांगीतिक क्षेत्रमा भने बिष्णु माझीको विवाहको कुरा अझै पनि सार्वजनिक भएको छैन । बिवाहमा निम्ता अरु केहीलाई पनि थियो । त्यसै मध्येका एक हुनुहुन्थ्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष चोलेन्द्र पौडेल । उहाँ भन्नुहुन्छ ‘उनीहरुको विवाह भएकै हो । मलाई पनि निम्ता थियो तर मेरो अन्यत्रै सांगीतिक कार्यक्रम परेकाले जान भनें पाइन ।’ विवाहमा सुन्दरमणी र बिष्णु माझीका केही आफन्तलाई मात्रै निम्त्याइएको थियो ।
बिवाहका बारेमा सोध्दा सुन्दरमणीले भनें प्रष्ट जानकारी दिन चाहनु भएन । बिष्णुसँग विवाह गर्नुभएछ नी भन्ने जिज्ञासामा सुन्दरमणीले भन्नुभयो ‘त्यसबारेमा बसेरै सल्लाह गरौला अहिले हल्ला नगरौं ।’ सुन्दरमणी अधिकारी पनि लोकगीत गाउने र संकलन गर्ने गर्नुहुन्छ । अधिकारीसँग बिष्णु माझीको करिव ९ बर्ष अघि दोहोरी गीत प्रतियोगितामा भेट भएको थियो । स्याङ्गजा रत्नपुरकी बिष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणीले नै लगाउनुभएको हो । त्यसपछि सँगै बस्दै आएका बिष्णु र सुन्दरको सम्बन्धका बारेमा नेपाली साँगीतिक क्षेत्रमा निक्कै चर्चा हुने गथ्र्यो । संचारमाध्यमदेखि संगीतकर्मीले समेत बिष्णु र सुन्दरमणीको सँगैको बसाईको आलोचना गर्दै आएका थिए ।
प्रतिगीत २५ सय रुपैयामा गाउन सुरु गरेकी बिष्णु माझीले अहिले एउटा गीत गाएको १२ हजार रुपैयासम्म लिनुहुन्छ । सामान्य साक्षर बिष्णु बिदेशमा हुने कार्यक्रम र संचारमाध्यममा बोल्न नमान्नुको मुख्य कारण पनि शिक्षा नै हो । बाह्रै महिना पछ्यौरीले मुख छोपेर हिड्ने गरेकी बिष्णुको अनुहारको पछ्यौरा बिवाहपछि पनि हटेको छैन । धेरैलाई आश्चर्य लाग्ने कुरा बिष्णुको कर्माइ गीत गाएरै बर्षमा करिव तीस लाख रुपैयाँसम्म हुन्छ ।

युएनएन डट कम डट एन पि बाट
   

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग