Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसबुकका मालिकले झ्याँई पारे (फोटोहरु सहित)

Published on 9:51:00 PM //


फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत शनिबार लगनगाँठो कँसेका छन । मार्क नौ बर्ष पुरानो आफ्नो प्रेम सम्बन्धलाई पूर्णता दिँदै प्रेमिका प्रिस्सिलिया चानसँग विवाह बन्धनमा बाँधिएका हुन । गुपचुपमै मार्कको निवासमा एक सामान्य समारोहका बिच विवाह सम्पन्न भएको र विवाहमा मार्क र चान निकट करीब १०० जना मात्र सहभागी रहेको बिभिन्न संचारमाध्यमहरुले बताएका छन ।
 विवाह पस्चात मार्कले फेसबुकमा आफ्नी श्रीमती र आफ्नो फोटो राखी विवाहको सङ्केत दिएका थिए । उनले फेसबुकमा "बिवाहित", मात्र लेखेका छन भने अन्य कुनै जानकारी दिएका छैन । मार्क भन्दा एक बर्ष मात्र कान्छी प्रिस्सिलिया २७ बर्षकी छिन । उनिहरुको ९ बर्ष पहिले हार्वार्ड विश्वबिध्यालयमा अध्ययनरत छँदा देखी नै प्रेम सम्बन्ध सुरु भएको थियो । प्रिस्सिलिया भर्खरै सानफ्रान्सिस्को स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको मेडिकल स्कुलबाट पढाई पुरा गरेको पिपल डट कमले जनाएको छ । बधाई छ उनिहरुलाई नव दाम्पत्य जीवनको । सफलताको शुभकामना पनि ।  
हेरौ विवाह पहिलेका फोटोहरु पनि  : 

Image courtesy: Internet sources

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग