Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका बिद्यालयमा प्लाष्टिक र चुइगम प्रयोग गर्न नपाईने

Published on 12:55:00 AM //


मनोज बस्नेत
गुल्मी, जेष्ठ २८ युवा रेडक्रस सर्कल गुल्मीले मानिसको स्वास्थ्य बातावरणमा नकारात्मक प्रभाव पार्ने पलाष्टीक झोला तथा प्याकेट प्रयोग र चुईकम सेवनलाई जिल्लाका सम्पुर्ण बिद्यालयहरुमा रोक लगाएको छ । पोलारिस आवासिय माध्यामिक बिद्यालय तुराङ १ मजुवा गुल्मीमा सम्पन्न सर्कलको जिल्ला स्तरीय गोष्ठिले जारी शैक्षिक शत्र २०६९ देखि नै जिल्लाका सम्पुर्ण बिद्यालयहरुमा नकारात्मक प्रवाभ पार्ने पलाष्टिक जन्य वस्तुको प्रयोग र चुइगम सेवनमा रोक लगाउन “पोलारिस घोषणा प्रदुषित पलाष्टिक मुक्त बिद्यालय” जारी गरेको छ । त्यसको कार्यनयनको लागी त्सम्पुर्ण बिद्यालयहरुमा गठित जुनियर रेडक्रस सर्कलहरुलाई परिचालन हुने युवा रेडक्रस सर्कलका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । २ दिन सम्म चलेको गोष्ठीले शैक्षिक शत्र २०६९ का जिल्ला स्तरीय कार्यक्रमहरु समेत तय गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग