Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साताका गतिबिधीहरु तस्बिरमा

Published on 2:47:00 AM //

नाचको हाँसो: गुल्मीको जैसीथोक गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक नाच हेरेर रमाउदै सर्वसाधरण । स्थानीय कलाकार टिकाराम पोखरेलले उपस्थित सयौं दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
पानी पाईएन: जुभुङ्ग गाविस स्थित धारामा पानीको पालो पर्खन राखिएका रित्ता गाग्री र ग्यालेनहरु । १२ वर्ष अगाडी शुरु भएको जुभुङ्ग खानेपानी योजना अभैm सम्पन्न नहुंदा उपभोक्ता चर्को खानेपानी समस्या भोग्न बाध्य छन् ।
खुशीमा नाचौं छमछमी ः गुल्मीको मर्भुङ गाविसको मैदानमा विपन्नहरुले निशुल्क सोलार बिजुली पाएपछि खुशीले रमाएर नाचगान गर्दै सर्वसाधरण । मदाने वन संरक्षण कार्यक्रमले अति विपन्न १३ घरधुरीलाई सोलारपाता, ब्याट्री, बिजुली लगायतका सामाग्री उपलब्ध गराएको छ ।

खानेपानी खोई ः गुल्मीको जुभुङ्ग गाविसमा संचालित खानेपानी आयोजनामा अनियमितता भएको विषयमा छलफल गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा उपस्थित सर्वसाधरणहरु । एकिकृत ग्रामिण विकास समाजले आयोजना गरेको सार्वजनिक सुनुवाईमा उपभोक्ताले योजनामा अनियमितता भएको र धारा वितरण प्रणाली व्यवस्थित नभएको गुनासो राखेका थिए ।
माथिका सम्पूर्ण तस्बिरहरु: घनश्याम गौतम 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग