Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगा र शाइन विकास बैंक एक आपसमा गाभिने

Published on 12:54:00 AM //


घनश्याम गौतम/जनार्दन घिमिरे
तम्घासमा प्रधान कार्यालय रहेको रेसुंगा विकास बैंक र बुटवलमा प्रधान कार्यालय रहेको शाइन डेभलपमेण्ट बैंक एक आपसमा गाभिने भएका छन् । गाभिएपछि दुवै बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा परिणत हुनेछन् । सरकारको वित्तिय क्षेत्र सुधारका लागि शुरु गरेको समान उद्देश्यको वित्तिय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गर्ने नीति अनुरुप बुटवल र गुल्मीमा राम्रो पहिचान बनाएका दुवै बैंकले मर्जरका लागि आइतवार पहिलो चरणको हस्ताक्षर गरेका हुन । २०६४ असोज देखी रेसुङ्गा विकास बैंकले जिल्लाका ग्रामिण क्षेत्रमा ६ शाखा खोलेर बित्तिय कारोवार गर्दै आएका छ भने शाइन डेभलपमेन्ट बैंकले २०६५ फागुन देखि रुपन्देहीका विभिन्न स्थान सहित नवलपरासी र अर्घाखा“चीमा समेत शाखा विस्तार गरी कारोवार गर्दै आएका छ ।
चुक्ता पुंजी ७ करोड ३ लाख ८० हजार रुपैंया रहेको रेसुङ्गा विकास बैंकले २०६८ चैत्र मसान्त सम्ममा १ अर्व ६ करोड रुपैंया निक्षेप संकलन र ६३ करोड रुपैंया कर्जा प्रवाह गरी २ करोड रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी २० करोड रुपैंया रहेको शाइन डेभलपमेण्ट बैंकले सोही अवधीमा १ अर्व ७३ करोड रुपैंया निक्षेप संकलन, १ अर्व ४५ करोड रुपैंया कर्जा प्रवाह गरी ३ करोड २२ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । रेसुंगा २७ हजार र साईनका ३५ हजार गरी दुवै बैंकका ६२ हजार ग्राहक छन् ।
रेसुङ्गा र साईन बैंकले मर्जर सम्बन्धि सहमति पत्रमा हस्ताक्षर
पश्चात तस्बिर लिँदै । तस्बिर: तारा भुषाल
हरेक दृष्टिकोणबाट सफल र उत्कृठ रहेका दुवै बैंकले अहिलेसम्मको पहिचान कायम राख्दै अभैm उदाहरणीय कार्यका साथ अगाडी बढ्ने लक्ष्यका साथ सहमती पत्रमा हस्ताक्षर भएको रेसुंगा विकास बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । सहमित पत्रमा रेसुंगाका तर्पmबाट अध्यक्ष श्रेष्ठ र शाइन डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेलले हस्ताक्षर गरेका छन् ।
गत वर्ष रेसुङ्गा विकास बैंकले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने शाइन डेभलपमेण्ट बैंकले १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । दुवै संस्था एक आपसमा गाभिएपछि बैंकको १० जिल्लामा कार्य क्षेत्र विस्तार हुनेछ । गाभिएपछि बैंकको नाम शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहने र प्रधानकार्यालय तम्घास र कर्पोरेट कार्यालय बुटवलमा रहने सहमति भएको बैंकले जनाएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग