Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिपिका बनिन एस.एल.सी प्रिन्सेस

Published on 6:59:00 PM //


काठमाडौं, असार १० - यो वर्षको एसएलसी प्रिन्सेजको उपाधि काठमाडौं महाराजगञ्ज चक्रपथकी दिपीका कार्कीले जितेकी छिन् । गुहेश्वर उच्च माविबाट एसएलसी उत्तिर्ण भएकी उनले उपाधि सहित काठमाडौं बार्सा कलेजबाट ३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, ल्यापटप र मोबाइल फोन हात पारेकी प्रतियोगिता आयोजक सिजन मिडिया प्रालिले जनाएको छ ।

यस्तै बानेश्वरकी सम्पदा चापागाईं फष्ट रनरअप, बुढानिलकण्ठकी मेरीना लामा सेकेण्ड रनरअप भइन् । सरिता वस्नेत थर्ड रनरअप र क्रिस्टल केसी फोर्थ रनरअप भए । उनीहरुले पनि काठमाडौंका विभिन्न कलेजमा छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । बस्नेतले  एजुकेशन अवार्ड तथा केसीले बेस्ट स्किनको उपाधि पनि आफ्नो पक्षमा पारे ।

प्रतियोगितामा प्रकृति वस्तीले फ्रेण्डसिपको, रसिका न्यौपानेले फोटोजेनिक, पुजा रिजालले क्याटवाकको उपाधि जिते । रुवी थापाले डिसिप्लेन अवार्ड, स्वेता कार्कीले बेस्ट स्माईलको अवार्ड प्राप्त गरीन । पुष्पा श्रेष्ठले इन्टेलीजेन्ट अवार्ड, मेरी लामाले भिवर्स च्वाईस अवार्ड र आशियाना अधिकारीले बेष्ट ड्रेसको अवार्ड हाँसिल गरे । मेलिना मगरले फिटनेश अवार्ड, दिपिकला बुढाथोकीले बेस्ट पर्सनालिटी अवार्ड, कुसुमथापा मगरले पपुलर अवार्ड र मिस ट्यालेन्ट अवार्ड प्राप्त गरे ।
सिजन मिडियाद्धारा आयोजित एलएलसी प्रिन्सेजको यो दोस्रो सँस्करण हो । जसमा एलएलसी दिएर बसेका छात्राहरु सहभागी थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग