Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशभर झरी, किसानलाई रोपाईको चटारो

Published on 6:55:00 PM //


१० असार, काठमाडौं । अघिल्लो हप्तासम्म मनसुन शुरु भएन भनेर निराश भएका किसान यतिबेला हषिर्त छन् । एक हप्ता ढिलो शुरु भएपनि यतिबेला देशभर मनसुन सकृय भएको छ । शुक्रबार बेलुकीदेखि देशका धेरै ठाउँमा झमझम पानी परिरहेको छ ।

अन्त भन्दा मध्य तराई क्षेत्रमा ठूलो वर्षा  भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि वर्षा भैरहेको छ । झरीसँगै गाउँठाउँका किसान रोपाईंको चटारोमा छन् । तराई र पहाडका कतिपय ठाउँमा रोपाईं भैसकेको छ भने कतिपय ठाउँका किसान रोपाईंको तयारीमा छन् ।

शनिबारदेखिको झरीले राजधानीका सडकमा पानी जमेको छ । हिलो र जमेको पानीका कारण पैदल हिंड्नेलाई चाहिं अप्ठेरो भएको छ । झरी अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग