Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा खस आर्य समाज युएईको तदर्थ समिति गठन (फोटो फिचर)

Published on 11:37:00 AM //

लालबहादुर ढेंगा
दुबई । युएईस्थित नेपालीहरुद्धारा संचालित जातीय, धार्मिक, जिल्ला, अञ्चल, महिला, सामाजिक र भात्रुसंगठनहरु लगभग ८० वटा संघ संस्थाहरु संचालनमा रहेका छन् भने फेरी अर्को नयां संस्था स्थापना गर्ने हेतुले “खस आर्य समाज युएई” को तदर्थ समिति गठन गरेको छ । सो तदर्थ समिति गठन गत ८ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरिएको हो । विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, महिला, समाजसेवी र पत्रकारहरु अतिथि रहेको भेलाको संचालन पत्रकार भुपुराज बस्यालले गरेको थियो ।

प्रकाश कोइरालाको शुभकामना मन्तव्यबाट औपचारिक रुपमा थालनी भएको भेलामा चन्द्रप्रसाद सापकोटा, चुडामणि ढकाल, चन्द्र रोकाहा, कृष्ण ढकाल, डीएल शर्मा, अर्चना बस्नेत रोकाहा, भुवानी तिमिल्सिना, कृष्ण भुसाल, शंकर ज्ञवाली र निमिष गिरीले आ–आफ्ना विचार राखेका थिए । उक्त भेलाले प्रकाश कोइरालाको संयोजकत्वमा १३ सदस्यीय “खस आर्य समाज युएई” को तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः संयोजकमा प्रकाश कोइराला, सहसंयोजकमा भुपुराज बस्याल, गोपाल कंडेल र भुवानी तिमिल्सिना रहेका छन् भने अन्य सदस्यहरुमा भिमकुमार अधिकारी, नारायण शर्मा, सुजना गिरी, यादव अर्याल, दीपक शाह, गितामणि पाण्डे, केदारसिंह नेपाली, पिताम्बर पाण्डे र टेकनाथ खनाल चयन भएका छन् ।
यस समितिले तीन महिनाभित्रमा अझै बृहत् भेलाको आयोजना गरी पूर्ण कार्यसमिति गठन गर्ने भएको छ । प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई आइपर्ने दुःख र समस्याको समाधान गर्ने हेतुले स्थापना गरेको समितिले युएईस्थित संचालनमा रहेका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने प्रतिवद्धता समेत गरेको छ । छिट्टै समिति गठन होस् र समिति गठन भएपछि यस संस्थाले चालेको हरेक कार्यलाई सफलता मिलोस् भन्दै उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग