Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेश पठाईदिने भन्दै २ करोड ठगी, म्यान्पावर संचालक फरार

Published on 1:54:00 AM //


अमृता अनमोल
बुटवल, असार १५ - विदेश पुर्‍याउने प्रलोभनमा सर्वसाधारणको करिब २ करोड रकम ठगी गरेर यहाँस्थित 'जिएमआई ओभरसिज' का तीन सञ्चालक फरार भएका छन् । कालिकानगरस्थित ओभरसिजका निर्देशक तनहुँ बन्दीपुर १ का रमेश केसी, रुपन्देही योगीकुटीका तुलबहादुर क्षेत्री र अर्घाखांची सिद्धाराका एसपी राना फरार छन् ।

सर्वसाधारणलाई साईप्रस पठाईदिने भन्दै विज्ञापन गरेर उनीहरुले रकम सङ्कलन गरेका थिए । उनीहरुले नक्कली सम्झौतापत्र, भीसा र हवाइ टिकट देखाएर करिब ६० जनाबाट रकम उठाएका थिए । एक जनाबाट ५० हजार देखि ५ लाखसम्म रकम असुलेको पीडितले गुनासो गरे । 'छिटो पैसा दिए छिटो जान पाइन्छ भनेर बारम्बार लोभ देखाएकाले दियौं' साढे ४ लाख बुझाएका नवलपरासीको बर्दघाटका धनदौलत गुरुङले भने, 'ठगिनेमा अर्घाखाची, गुल्मी, पाल्पा र नवलपरासीका बढी छन् ।

उनिहरु ३ दिनदेखि सम्पर्कमा छैनन् ।' साइप्रस जान ५ लाख बुझाएर हिडेका २० जना काठमाडौं गएर बुझ्दा सबै कागजात नक्कली भेटेपछि उनीले ठगीको रहस्य खुलेको हो । जिएमआई ओभरसिज श्रम कार्यालयमा दर्ता छैन । ओभरसीज सम्बद्ध निजी संघसस्थासंग यसको सम्बद्धता छैन । उनीहरुले ठगी गर्नेसँग परिचयसमेत ढांटेर बताउने गरेको अर्घाखाचीका केशव बेल्वासेले बताए ।

पीडितको ठाडो उजुरीपछि वडा प्रहरी कार्यालय र इप्रकाले अनुसन्धानका लागि भन्दै ओभरसिजकी कर्मचारी रुपा भुसाललाई पक्राउ गरेको छ । यसअघि सर्वसाधारणसँग रकम उठाउदा सञ्चालक बताउने रुपाले अहिले आफु झाडु लगाउने मात्र भएको र यसबारे आफुलाई केही थाहा नभएको बताएकी छन् । प्रहरीले बिहीबार ओभरसिजमा छापा मारेको छ । कार्यालयमा २ वटा पासपोर्ट बाहेक अरु कागजात फेला नपारेको वडा प्रहरीका प्रहरी निरीक्षक सुभाष गैरेले बताए । उनले ओभरसिजका सञ्चालक फरार रहेकाले खोजीकार्य भइरहेको बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग