Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यसरी मनाइयो असार १५ (फोटो फिचर)

Published on 1:48:00 AM //

जिल्ला कृषि विकास कार्यालय गुल्मी र नेपाल किसान महासंघले आयोजना गरेको धान महोत्सवको अवशरमा अर्खले गाविस स्थित रैंदी फाँटमा धान रोप्दै महिलाहरु । तस्विर ः जनार्दन घिमिरे
रोपाईको रहर ः  गुल्मीको अर्खले गाविसको रैंदी फाँटमा शुक्रवार आमाहरुले धान रोप्न थालेपछि धान गोडेको ब्याडमा खेल्दै बालबालिका । तस्विर ः घनश्याम गौतम
धान महोत्सवको अवसरमा उपस्थित सहभागिहरु । तस्विर ः जनार्दन घिमिरे
असार पन्ध्रको अवसर पारेर कृषि विकास कार्यालय र नेपाल किसान महासंघले रैंदी फाँटमा धान महोत्सव तथा रोपाई आयोजना गरेका थिए । समयमै पानी नपर्दा र मल अभावले किसानले कतिपय स्थानमा अझै धान रोप्न पाएका छैनन् । तस्विर ः जनार्दन घिमिरे
जिल्ला कृषि विकास कार्यालय गुल्मीले आयोजना गरेको धान महोत्सवको अवसरमा धान रोप्नका लागि विउ काढ्दै महोत्सवमा सहभागि महिलाहरु । तस्विर ः जनार्दन घिमिरे
रोपाईको रहर ः गुल्मीको अर्खले गाविसको रैंदी फाँटमा शुक्रवार धान रोप्दै स्थानीय किसान र तम्घासका महिलाहरु ।तस्विर ः घनश्याम गौतम
कृषि विकास कार्यालय र नेपाल किसान महासंघको आयोजनामा रैंदी फाँटमा धान महोत्सव तथा रोपाई गरिएको हो । समयमै पानी नपर्दा र मल अभावले किसानले अझै धान रोप्न पाएका छैनन् । तस्विर ः घनश्याम गौतम
गुल्मीको अर्खले गाविसको रैंदी फाँटमा शुक्रवार धान रोप्दै स्थानीय किसान र तम्घासका महिलाहरु । तस्बिर: जनार्दन घिमिरे
धान महोत्सवको अवसरमा उपस्थित सहभागिहरु । तस्विर ः जनार्दन घिमिरे

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग