Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा फेरि भेटियो चोरिको मोटरसाइकल

Published on 11:52:00 AM //


अनिल खत्री, जेष्ठ २२
फाईल तस्बिर: केही महिना पहिले गुल्मी प्रहरीले पक्रेर पदर्शनिमा राखेका
चोरीका मोटरसाईकलहरु फोटो: जनार्दन घिमिरे   
जिल्ला प्रहरि कार्यलय गुल्मीले संञ्चालन गरेको चोरिका मोटरसाइकलहरु खोजि गर्ने कार्यलाइ गुल्मी जिल्लामा सक्रिय रुपमा अगाडी बढाइएको छ । गुल्मी जिल्लाका ग्रामिण भेगमा समेत गरि एक बर्ष यता हाल सम्म जिल्ला प्रहरि कार्यलय गुल्मीले ३ दर्जन भन्दा बढि बिल बुक बिनाका चोरिका मोटर साइकल समाती भैरहवा भन्सार चलान भइसकेको प्रहरि नायव उपरिक्षक राजकुमार बैदवारले जानकारि दिनुभयो । जिल्ला प्रहरि कार्यलय गुल्मीले अबैधरुपमा भन्सार छलि बिलबुक बिनाका चोरिका मोटरसाइकल समात्ने अभियानकै रुपमा अगाडी बढाएको छ ।
गाउँ गाउँमा गई बिलबुक बिनाका मोटर साइकल खोजि कार्य निरन्तर भइरहेको प्रहरि नायव उपरिक्षक राजकुमार बैदावारले जानकारि दिनु भयो । यस्तै आइतबार प्रहरि चौकी पौदी अमराई बाट खटिएको प्रहरि टोलिले गुल्मी जिल्लाको अर्जै ९ गुल्मी बाट लु ३ प ८५५२ नम्बरको बिलबुक बिनाको चोरिको मोटरसाइकल पक्राउ गरि पौदि अमराइ चौकिमा ल्याइएको छ । मोटरसाइकलको बिलबुक नभएकोले पक्राउ गरिएको प्रहरि नायव उपरिक्षक राजकुमार बैदावारलेबताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग