Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधानसभा व्युतन सक्दैन् : प्रधानमन्त्री

Published on 12:10:00 PM //


२२ जेठ, काठमाण्डौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभालाई कुनै हालतमा पनि व्युताउन नसकिने बताउनुभएको छ । काँग्रेसका पूर्व सभासद्हरु संविधान सभा व्युताउने कसरतमा लागेका बेला प्रधानमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । उहाँले भारतीय पत्रिका हिन्दुसँग कुराकानी गर्दै संविधान सभा पुर्नस्थापनाको बाटो गलत रहेको बताउनुभयो ।

जनताको म्याण्डेड अनुसार काम गर्न नसक्ने भएकाले काँग्रेस र एमालले निर्वाचन प्रक्रियालाई आत्मसाथ नगरेको पनि प्रधानमन्त्रीले आरोप लगाउनुभयो ।

सहमति विना कुनै काम अघि बढ्न नसक्ने भएकाले सहमतिकालागि कदम अगाडी बढाउन आग्रह गर्दै जनताको म्याण्डेड अनुसार काम गर्न आग्रह गर्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग