Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्क्याण्डलमा मुछिएकी नायिका बिनिता बराल फेरी हुनुमानढोकामा

Published on 1:30:00 AM //


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नायिका विनिता बराल बयानका लागि आज हनुमान ढोका पुगिन । उनका बिरुद्ध नायिका तथा मोडल दिपशिखा खड्काले हिजो महानगरीय प्रहरी प्रभाग काठमाडौं हनुमानढोकामा उजुरी दिएकी थिइन । 
उजुरीमा खड्काले आफुलाई विनय डि.सी र सगुन के.सी. नामको फेसबुक आइडीबाट आफ्नो फेसबुक वालमा तथा फोटोहरुमा अपशब्द, गालीगौलज पोस्ट गर्ने गरेको भन्दै विनिता बिरुद्ध उजूरी दर्ता गराएकी हुन् । थप पढ्नुहोस् बिनिता आज दिउँसो करिब १ बजे तिर हनुमानढोका उपस्थित भएकी थिइन । सोधबुझका क्रममा विनिताले आफूले सो नामको फेसबुक आइडी नचलाएको र दिपशिखालाई प्रमाण देखाउँन चुनौती दिएकी थिइन ।
नायक राज घिमिरे सहित हुनुमान ढोका पुगेकी दिपशिखाले आफुले उजुरी दिनाको कारण खुलाउँदै भनिन, ‘बिनय डि.सी र सगुन के.सी नामक फेसबुक आइडी दिक्पालले चलाएको र बिनिताले सो गर्न उक्साएको भन्ने पत्ता लागेपछि मैंले बिनिता बराल विरुद्ध मुद्धा हालेकी हुँ ।’ सोका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
साभार: मेरोसिनेमा

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग