Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तर्जातिय विवाह गर्ने छोरीको टाउको काटेर गाउँ घुमाए एक क्रुर बाबुले

Published on 8:45:00 PM //


जयपुर/ छोरीले अन्तर्जातीय विवाह गरेपछि बुबाको रिस कहाँसम्म पुग्छ ? सायद यसको अनुमान गर्न गाह्रो हुनसक्छ । भारतको जयपुरका एक मार्बल व्यवसायीले छोरीले अन्तर्जातीय विवाह गर्दा रिस थाम्नै सकेनन् ।
रिसको झोकमा उनले अन्तर्जातीय विवाह गरेकी आफ्नी छोरीको क्रूर तरिकाले हत्या गरेका छन् । हत्यापछि पनि मन शान्त नहुँदा बाबुले छोरीको टाउको समेत काटे । यतिमात्र नपुगेर ती क्रूर बाबुले छोरीको टाउको काटेर पुरै गाउँभरी घुमाएका छन् ।
तीन वर्षअघि मन्जुरले स्थानीय गाउँकै एक व्यक्तिसँग अन्तर्जातीय विवाह गरेकी थिइन् । तीन वर्षपछि बाबुको मन शान्त भएको सम्झँदै छोरी मन्जुर यसै साता मात्र माइत फर्केकी थिइन् । तर, बाबु सिंहको भने योजना अर्कै रहेछ ।
सुरुमा उनले छोरीलाई माया गरेका थिए । पुरानो घाउ निको भएको देखाउँदै सिंहले घर आएकी छोरी मन्जुरलाई राम्रो व्यवहार गरेका थिए । तर, राति छोरी सुतिरहेको अवस्थामा सिंहले निर्ममतापूर्वक हत्या गरे । त्यसपछि उनले छोरीको टाउको गाउँभरि प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
ओगाद सिंहले आफ्नी २२ वषर्ीया छोरी मन्जुरको तरबारले टाउको काटेर गाउँभरि डुलाएका राजस्थानको प्रहरीले मंगलबार जनाएको छ ।
राजस्थानको दुंगा गाउँका सिंहले छोरीको टाउको काटेर एक हातमा र अर्काे हातमा रक्ताम्मे भएको तरबार लिएर मंगलबार बिहानैदेखि गाउँभरि डुलेका थिए ।
आफूले बारम्बार विवाह गरेको व्यक्तिसँग सम्बन्ध तोड्न र आफ्नो घरमा बस्न आग्रह गरेको दाबी सिंहले गरेका छन् । तर, छोरीले नमानेपछि उसको हत्या गरेेको बयान सिंहले प्रहरीलाई दिएका छन् ।
ती व्यक्तिसँग विवाह गरेर छोरीले समाजमा आफ्नो ठूलो बेइज्जत गरेेकाले आफूले रिस थाम्न नसकी उसको हत्या गरेको सिंहले प्रहरीलाई बताएका छन् ।
सो गाउँ राजस्थानबाट तीन सय ३० किमि टाढा छ । 'उनले छोरीको हत्या गरेको स्विकारेका छन्,' राजस्थानका एक प्रहरीले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग