Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा एनआरएन महिला समितिको दोस्रो बैठक सम्पन्न

Published on 12:15:00 PM //


लालबहादुर ढेंगा, दुबई
युएईस्थित वैदेशिक रोजगारीमा रहेका महिलाहरुलाई समेट्दै आफ्नो हक र हितका लागि अगाडि ल्याउने हेतुले भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समितिले विभिन्न समसायिक विषयमा छलफल गर्दै आफ्नो दोस्रो बैठक सम्पन्न गरेको छ । सो बैठक एनआरएन अन्तर्गत महिला समितिकी अध्यक्ष अर्चना बस्नेत रोकाहाको अध्यक्षतामा गत १ जुन शुक्रबारका दिन बर दुबईको मेट्रो पार्कमा बसेको हो ।
उक्त बैठकमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै यस बर्ष २०६९ को महिलाहरुको महान पर्व हरितालिका तीज कसरी मनाउने भन्ने विषयमा विशेष छलफल गरिएको थियो । युएईस्थित कार्यरत लगभग २० हजार नेपाली महिलाहरुलाई बृहत् भेला गराई प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परालाई कायम राख्दै धुमधांमसंग तीज मनाउने योजना रहेको समितिकी सचिव वविता शिवाले जानकारी दिनु भयो ।
महिला समितिको स्थापना हुनु लगत्तै समितिको कोषमा अनिवार्य रुपमा मासिक २० दिरामको दरले कोष जम्मा गरिएको छ । यो कोष नेपालस्थित आपतविपतमा परेका महिलाहरुको सहयोगको लागि खर्च गरिने भएको छ । आगामी दिनहरुमा युएईस्थित कार्यरत नेपाली महिलाहरुलाई कानुन र व्यावस्था सम्बन्धित जानकारी गराउंदै अनावश्यक समस्याहरुबाट बचाउन पहल गरिने भएको छ । यस कार्यको लागि महिला समिति सशंक्त रुपले लागि पर्ने बताएका छन् ।
दोस्रो बैठकमा उपस्थित हुनेहरुमा क्रमशः अध्यक्ष अर्चना बस्नेत रोकाहा, उपाध्यक्ष रीना विष्ट, सचिव वविता शिवा, कोषाध्यक्ष राधा लुइटेल, सदस्य सुजना गिरी, सरस्वती कोइराला, विन्दु गिरी, अस्मिता थापा र सल्लाहकार ममता विष्ट रहेकी थिइन् भने अन्य सर्वसाधारणको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग