Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 12:04:00 PM //


-निराश "बिरही" रेशम 

हाँसी-हाँसी जली दिन्छ मैन त्यो
आँफै पग्ली बली दिन्छ मैन त्यो

अधेरीमा ज्योति फैलाउँछ ऊ हेर
कालो रात छली दिन्छ मैन त्यो

लप्किन्छ उतैतिर हावाले धकेल्दा
झोका सँगै चली दिन्छ मैन त्यो

बिना स्वार्थ उजेली दिँदै कठै ऊ
आफु जल्दै गली दिन्छ मैन त्यो

जली ज्योति छर्दै गली रन्छ ऊ
आँफै जल्दै ढली दिन्छ मैन त्यो

निराश बिरही रेशमका कविता पढ्न यहाँ र गजल पढ्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग