Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिमा तीजको रमझम (फोटो फिचर र भिडियो सहित)

Published on 12:49:00 AM //

रुरु नेटवर्क
रिडी, भाद्र१५ । सप्तचन्डी महिला समुहद्वारा शुक्रबार रिडीको रुरु क्षेत्र खेल मैदानमा आयोजित दर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । रिडीमा पहिलो पटक आयोजना गरीएको कार्यक्रममा सयौँको संख्यामा स्थानीय महिलाहरुको उपस्थिती रहेको थियो । रातो साडीमा सजीएर उपस्थित भएका महिलाहरुले कार्यक्रममा दर खानुका अतिरिक्त तिजको गीतमा नाचगान गरी रमाइलो गरेका थिए । बिहान १२ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्पन्न भएको थियो । कार्यक्रमका लागि खगेन्द्र सुबिदीले १५००० रुपैया सहयोग गरेका थिए भने उपस्थित महिलाहरुले प्रती ब्यक्ती ५०० रुपैयाको दरले सहयोग गरेका थिए ।











भिडियो हेरौँ: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग