Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१५ टिमलाई पछार्दै गुल्मी सेवा समाजले जित्यो दोहामा आयोजित भलिबल उपाधी

Published on 4:34:00 AM //

कुमार "अबिरल" पन्थी 
दोहा, कतार, भदौ ६ । खाडी मुलुक कतारमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी गुल्मी सेवा समाजले हात पारेको छ । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा कतारको साइलिया स्थित बुटेक कम्पनीका नवगठित युवा समूहले आयोजना गरेको उक्त प्रतियोगितामा समाजले प्रथम स्थान हासिल गरेको हो ।
खेलको फाईनल चरणमा म्याग्दी समाजलाई हराउँदै प्रथम स्थान सहित खशी, नगद र प्रामाण पत्र हात पार्न सफल भएको छ । कुल १६ टिमहरु सहभागी रहेको उक्त प्रतियोगिता अत्यन्तै रोचक एवम उत्साहजनक भएको थियो  ।  खेल हेर्न उपस्थित हुनु भएका बिभिन्न बुद्धिजिवि, बिशिष्ट व्यक्तित्व, पत्रकार लगायत दर्शकहरुले खेल मैदान खचा-खच भरिएको थियो । अत्यधिक गर्मीका कारण खेल रातको समयमा सन्चालन गरिएको थियो । बाबुलाल पुनको क्याप्टेनशिपमा मैदानमा उत्रेको गुल्मी जिल्ला समाजको टोलिमा धन बहादुर बोहोरा, मिलन थापा, हिमाल बलाल, हित बहादुर पुन, बिष्णु गिरी, राजु पाण्डे, होम बहादुर र पदमको सहभागिता रहेको थियो । गुल्मीन्युज डट कमको बधाई छ, सम्पूर्ण खेलाडिहरु र समस्त गुल्मी सेवा समाज दोहा परिवारलाई ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग