Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कति कमाउँछन् बलिउड कलाकार

Published on 6:35:00 AM //


विश्वकै दोस्रो ठूलो फिल्म उद्योग बलिउड भारतीय युवायुवतीको सपना नै मानिन्छ । किनकि, बलिउडमा नाम र दाम पनि छ । बलिउड कलाकार चलचित्रमा मात्र अभिनय गर्दैनन्, उनीहरूको पैसाको रवाफ र पहुँच पनि सानोतिनो हुँदैन । अभिनय गरेरै उनीहरू विश्वमा नै आकर्षक पारिश्रमिक लिन्छन् । नेपाली सिने क्षेत्रसँग त उनीहरूको पारिश्रमिकको कुनै तुलना नै हुँदैन । बलिउडका अभिनेता तथा अभिनेत्रीको पारिश्रमिक यति धेरै छ कि उनीहरूको एउटा चलचित्रको पारिश्रमिकले त कलिउडमा केही चलचित्र नै बनाउन सकिन्छ ।
बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता सलमान खान हुन् । उनी एउटा चलचित्रको पारिश्रमिकस्वरूप लगभग ५० करोड लिन्छन् । तर, उनले यति धेरै लिन थालेको धेरै भएको छैन । बलिउडमा जमेको चलचित्र दबंगपछि उनको उनको एकाएक भाउ बढ्न थालेको हो । त्यसभन्दा अगाडि उनले जम्मा ३० करोडमा चलचित्र साइन गर्थे ।
तर, बलिउडकै चल्तीकी अभिनेत्री करिनाको भने खानको पारिश्रमिकसँग कुनै तुलना नै हुन सक्दैन । उनले पछिल्लो दुई वर्षयता मात्रै फिल्मको पारिश्रमिक रकमस्वरूप दुई सय करोडभन्दा बढी कमाएकी छिन् । साथै, गएका दुई वर्ष उनका लागि यति फलदायी बने कि, यहीबीचमा उनी इन्डियाकी सबैभन्दा बढी पारिश्रमिक पाउने नायिका बनिन् । करिना बलिउड इतिहासमै सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेत्री हुन् । मधुर भण्डारकरको फिल्म हिरोइनमा उनले ८ करोड पारिश्रमिक लिएकी थिइन् ।
आमिर खान नायकमध्ये दास्रो बढी पारिश्रमिक पाउनेमा पर्छन् । साथै, उनी चलाख अभिनेता मात्रै नभएर निर्देशकको रूपमा पनि चिनिन्छन् । पछिल्लो समय उनले ३५ देखि ४० करोड रकम पारिश्रमिक लिन थालेका छन् । आमा बनिसकेकी ऐश्वर्या राय हाल छोरीको स्याहारमै व्यस्त छिन् । पहिलोपल्ट आमा बनेकी ऐश्वर्या अब फिल्ममा आउलिन् या नआउलिन् । तर, ऐश्वर्या मात्रै त्यस्ती हिरोइन् हुन्, जो आमा बनेपछि पनि अविवाहित नायिकाभन्दा अगाडि आँखामा पर्छिन् । पछिल्लो रजनीकान्तको 'रोबर्ट'मा उनले साढे ६ करोड रकम लिएकी थिइन् । साथै, अझै पनि उनी विश्वमै सबैभन्दा बढी 'मन पराइने' र 'खोजिने' ब्रान्ड एम्बेस्डरमध्ये दोस्रो नम्बरमा पर्छिन् । उनीभन्दा माथि एक नम्बरमा टाइगर उड छन् भने सचिन तेन्दुलकर नवौँ स्थानमा र डिम्पल गल प्रीति जिन्ताचाहिँ १५आँै स्थानमा छिन् । पछिल्लो समय अनेक कारणले अत्यधिक विवादमा फसेका अभिनेता शाहरुख खान पनि उच्च पारिश्रमिक लिने नायकमै पर्छन् । जसको पारिश्रमिक दर ३५ देखि ३८ करोड छ । यस्तै, एकेडेमिक अभिनेतासमेत मानिने शाहरुख आइपिएलमा भोगेको अत्यधिक विवादपछि भने फिल्ममा देखिएका छैनन् ।
ह्यान्डसम ब्याईको रूपमा चिनिने अभिनेता अक्षय कुमार नायकतर्फ चौथो उत्कृष्ट पारिश्रमिक पाउनेमा देखिएका छन् । उनी हरेक फिल्ममा ३० करोड रकम लिने गरेका छन् । पि्रयंका चोपडा पनि सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येकी एक नायिका हुन् । साथै, सबैभन्दा बढी मन पराइने नायिका पनि । दोस्ताना र फेसन दुई फिल्म उनको करिअर माथि उकास्ने मोड बनिदिएका थिए । जसका कारण उनको पारिश्रमिक दर पनि पाँच करोडमा उक्लिने अवसर पायो । हाल उनी तेस्रो बढी पारिश्रमिक पाउने नायिकामा पर्छिन् ।
हृतिक रोसन पनि उच्च पारिश्रमिक रकम पाउने अभिनेतामै पर्छन् । आकर्षक पारिश्रमिक पाउने उत्कृष्ट पाँच अभिनेतामा पर्ने यिनको पारिश्रमिक दर भने २२ देखि २५ करोड रहेको छ । आफ्नै पिताको निर्देशनमा अभिनय थालेका रोसनले राम्रै सफलता पाउँदै आएका थिए ।
क्याटि्रना बढी पारिश्रमिक पाउने नायिका मात्रै नभएर हट नायिकामा पनि पर्छिन् । माथिका मध्ये सबैभन्दा कान्छी नायिका क्याटि्रनाको लोकपि्रयता अकासिने क्रम भने उनीहरूभन्दा द्रूत छ । साथै, उनी इन्डियाभरि सबैभन्दा बढी खोजिने र सर्वाधिक लोकपि्रय नायिका हुन् । उनले तीन करोड पारिश्रमिक थाप्दै चौथो पोजिसनमा आउँछिन् । ब्ल्याक ब्युटी बिपासा बसु भने पाँचौँ नम्बरमा आइपुग्छिन् । अरूभन्दा यिनीसँग केही फरक कस्तो अनुभव छ भने, बिपासाले भिन्न प्रकृतिका फिल्ममा अभिनय गरिसकेकी छिन् । गम्भीर प्रकृतिको 'कर्पोरेट' बंगाली फिल्म 'सोव चरित्रो कल्पोनिक' हुँदै कमेडी फिल्म 'नो इन्ट्री'लगायत धेरै फरक खालका फिल्म खेलेकी छिन् । उनी हरेक फिल्ममा दुई करोडभन्दा बढी रकम लिँदै आएकी छिन् । तर, दीपिका पादुकोण, सोनम कपुर, विद्या बालनलगायत नायिकाले यो दरलाई पनि चुनौती दिने संकेत देखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग