Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा एक नेपाली मजदुर मृत भेटिए

Published on 5:01:00 PM //


मीन प्रकाश उप्रेती
२५ साउन, सउल । रोजगारका लागि दुईवर्ष अघि दक्षिण कोरिया आएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । इपीएस कोटामा कोरियाको योङ्गगिन क्षेत्रमा रहेको यामेङ्ग सानक फलाम कम्पनीमा कार्यरत ईलामका ३० वर्षीय सिद्धी राई बिहिबार बिहान मृत फेला परेका हुन् । बुधवार बेलुकासँगै खाना खाई साढे दश बजे आफ्नै कोठामा सुतेका राई बिहान आठ बजे मृत अवस्थाममा भेटिएको सोही कम्पनीमा कार्यरत सुनसरीका उमेश अधिकारीले वताउनुभयो ।

 राई ९ महिना अघि मात्र कम्पनी परिर्वतन गरी सो फलाम कम्पनिमा सरेको अधिकारीले जानकारी दिनुभयो । सधै काममा आउने राई विहान काममा नआए पछि उनको खोजी भएको र कोठामा जादा मृत भेटिएको अधिकारीले जानकारी दिनुभयो । मृत फेला पर्ना साथ अधिकारी र कम्पनीका मालिकले प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धि अनुसन्धानका लागि कम्पनी मालिक र राईसँगै कार्यरत उमेश अधिकारीसंग प्रहरीले जानकारी लिएको छ ।

हाल राईको शव आशान पेरहरि चौकीमा राखिएको छ ।प्रहरीले आवश्यक सहयोग र जानकारीका लागि प्रवासी मजदुर सहयोग केन्द्र छनानमा गिता राईसंग समेत जानकारी लिएको छ। यो समाचार तयार पार्दासम्म सम्म कोरिया स्थित नेपाली दुतावासका कुनै प्रतिनिधि घटना स्थलमा पुगेका छैनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग