Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानमा झुण्डिएर आत्महत्या गरेका खरेलको भोली अन्त्येष्टी गरिने

Published on 5:05:00 PM //


सोमबार बिहान आराकावा कुयाक्सोको पार्कमा झुण्डिएर आत्महत्या गरेका गुल्मी आँपचौर इन्द्रेगौंडा-६ का खिमानन्द खरेलको भोली अगष्ट १० तारिख शुक्रबार २ बजे टोकियोको माचियामा  अन्त्येष्टी गरिने भएको छ ।

उक्त अन्त्येष्टी समारोहमा स्वर्गिय खरेलप्रति अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि उपस्थित भईदिन समस्त जिल्लाबासी गुल्मेलीहरु लगायत जापानबासी नेपालीहरुमा हार्दिक अनुरोध  गरिएको छ ।

३५ बर्षिय खिमानन्द खरेल सोमबार बिहान  आराखावा कुको  कुयाक्सो अगाडीको गार्डेनमा  बिहान ५ :३० बजे  पुलिसले झुन्डिएको अवस्थामा फेला पारेको थियो  । पोस्टमार्टमको रिपोर्टमा आत्महत्या नै गरेको पुलिसले  पुस्टि गरेको छ ।

आत्महत्या गरेका खरेलले सुसाईड नोट पनि छोडेको थाहा भएको छ । प्रत्यक्ष्यदर्शीका अनुसार सुसाईड नोटमा आफ्नो ’एलियन रजिष्ट्रेशन कार्ड र राहदानी फलानो ठाउँमा छ, बांकी ...’ भन्ने मात्र लेखिएको  भेटिएको थियो   ।

लगभग ६ बर्ष अगाडि कुक भिसामा जापान आएका ३५  बर्षिय  खरेल  बिगत १ महिना देखि बेरोजगार रहेको बुझिएको छ ।  जापानमा श्रीमतीसंगै आराकावा कु को मिकावासिमामा बस्दै आएका थिए  । खरेलले आत्महत्या गर्नुको खास कारण भने अझै खुल्न सकेको छैन ।

एक महिना अगाडि पनि  साईतामाकेनमा बागलुङ मल्मका ललित (बिष्णु) साहनीले आत्महत्या गरेका थिए । जापानमा नेपाली आगमनसगसगै  पछिल्लो समयमा  नेपालीहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ  । जापानमा बढ्दो नेपाली आत्महत्याको घटनाप्रति यहाँको नेपाली समुदाय गम्भीर हुनुपर्ने र यसको न्युनिकरणका गर्नका लागि संभावित उपायहरुबारे सोचिनुपर्ने अवस्था देखिएको छ ।
नेपाल जापान डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग