Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै वसेर वार्षिक १० लाख आम्दानी

Published on 6:33:00 PM //


म्याग्दी, श्रावण ३२ । म्याग्दीको ज्यामरुककोट गाविस वडानं ६ भकुण्डेकी कमला थापामगरले घरमै बसेर बार्षिक १० लाखभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । आफ्नै घरमा मौरीपालन, मैरीको घार निर्माण, कुटानीपिसानी मिल र फर्निचर उद्योग संचालन गरेर वार्षिक १० लाख रुपैंयाँ भन्दा बढी कमाउन सफल भएपछि अहिले गाउँकै लागि उदाहरणीय व्यक्ति बन्न सफल भएकी हुन् ।
सामान्य लेखपढ मात्र गर्न जान्ने थापाले आफ्नै घरमा संचालन गरेको मौरीको घारको म्याग्दीमा मात्रै नभइ गुल्मी, कास्की, पर्वत र पाल्पा लगायत जिल्लाबाट समेत माग आउन थालेपछि उनले अहिले मौरी घार उद्योग नै संचालन गरेकी हुन् । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सीपमुलक तालिम लिएर घार उत्पादन गर्न सुरु गरेको थापाले वार्षिक १ सयभन्दा बढी घार बिक्री गर्ने गरेकी छिन् । मौरीघार निर्माणसँगै मौरीपालन समेत गर्ने थापाको घरमा अहिले २५ घार मैरी छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग