Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोहामा म्युजिकल नाईट २०१२ हुने

Published on 7:42:00 PM //


रवि रोषी
दोहा । धनुषा सेवा समाजको तेस्रो प्रस्तुती नेपाली, मैथिली र भोजपुरी म्युजिकल नाईट २०१२ प्रस्तुत दोहाको चिडियाघरको डि्रमपार्कमा हुने भएको छ । यहि इदको पहिलो, दोश्रो र तेश्रो दिन देखाईने कार्यक्रममा नेपाल तथा भारतका चर्चित कलाकार तथा गायक गायिका आउने पक्का पक्की भैसकेको छ ।

नेपालका नवीन तथा चर्चित नृत्यांगनाहरु सपना थापा, पि्रया गुरुङ, बसन्ती तामाङ तथा काजल मिश्रको जबरदस्त प्रस्तुती रहनेछ भने भारत पटनाकी भोजपुरी नायिका तथा चर्चित नृत्यांगना मोनालिसा, दिल्लीकी बहुचर्चित भोजपुरी तथा हिन्दी गायिका राधा, बम्बईकी मोडेल तथा नृत्यांगना रेश्माको पनि उत्कृष्ट प्रस्तुती रहने कार्यक्रमका संयोजक रमेश यादव र मोहम्मद सइदले बताए । त्यस्तैगरी भारत बिहारका नायक तथा गायक छैला बिहारीको पनि जोरदार प्रस्तुती रहने कार्यत्रमका संयोजक रमेश यादवले बताएका छन् ।

दोहाको अलफरदान बसपार्क बाट र सनैयाको अल अतियाबाट कार्यक्रम स्थल चिडियाखाना सम्म आउन जाने बसको व्यवस्था पनि रहेको सल्लाहकार इन्जिनियर राम इश्वर यादवले बताए । तीन दिन सम्म देखाईने कार्यक्रम हरेक साँझ छ बजेबाट देखाईने पनि उनले बताएका छन् । कतारी रियाल ३५, ५० र १०० दरको टिकट रहेको बताउँदै दोहा चिडियाखानाको मेन गेटमा पनि टिकट उपलव्ध हुने आयोजकले बताएका छन् । उक्त म्युजिकल नाईट २०१२ को कार्यक्रम सञ्चालन नेपाल वन टेलिभिजनकी कार्यक्रम संचालिका रेणुका कँडेलले गर्ने भएकी छिन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग