Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"विवाहअघि नो सेक्स, नो अफेयर्स" - मोनिका दाहाल

Published on 9:40:00 PM //


हेर न हेर चुहियो
तप्प तप्प चुहियो जवानी
बलिउड फिल्म ‘एक था टाइगर’ सामू उत्रिएको फिल्म हो– लभ इज लाइफ । राजधानी र मोफसलका हलमा यसै साता रिलिजको भएको फिल्मको यही आइटम गीतका कारण सुपर हिट भएकी छन्, नवनायिका मोनिका दाहाल । यसको नृत्य र नखराले देखाउँछ, मोनिका क्रेज । लभ इज लाइफको कामुक गीत र नृत्यले कलिउडको बक्स अफिस तताएको छ ।

किस सिनदेखि बेड सिनसम्म छाएकी मोनिकालाई एकातिर बाटोमा जिस्काउनेहरु देखेर खुसी लाग्छ, भने अर्कातिर गलत हिसाबले कटाक्ष गर्नेहरु देख्दा दिक्क लाग्छ । तैपनि दर्शकले पैसा तिरेर हेरेपछि केही न केही मनोरन्जन दिनुपर्छ भन्ने उहाँको धारणा छ । “कथाले मागेपछि के गर्नु ? मैले नदिए मेरो ठाउँमा अर्की नायिकाले कथा मागेको दृश्य दिइहाल्छन्,” उहाँको स्पष्ट भनाइ छ, “बेड सिन, किस सिन सामान्य हो । यस्ता कामुक दृश्य दर्शक्ले एकदमै मनपराएका छन् । नेपाली सिनेमामा अश्लीलता बढ्नुमा कलाकारभन्दा पनि दर्शकको माग हो ।”

छोटो समयमा बोल्ड र ब्युटी देखाउन सफल यी उदीयमान नायिका सेक्स फिल्म बन्नुहँदैन भन्ने पक्षमा हुनुहुन्छ । फिल्म समाजले स्विकार गर्न सक्ने, परिवार बसेर हेर्न सकिने हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । युवा पुस्तालाई मनोरन्जनमुलक फिल्म नै चाहिने उहाँको भनाइ छ । काठमाडौंमा एक था टाइगरकै रजगज भए पनि राजधानीबाहिर मोनिकाको आइटम डान्सले बजार पिटेको छ । सबको मुखमा झुन्डिएको छ,– हेर न हेर चुहियो, तप्प तप्प चुहियो जवानी ।

मोनिकाको डेब्यु फिल्म हो– लभ इज लाइफ । त्यसो त यसअघि नै छवटा फिल्ममा उहाँले अभिनय गरिसक्नुभएको छ । सिन्धुलीको सुगारेमा २०४६ सालमा अमरचन्द्र दाहाल र शारदा दाहालकी कान्छी छोरीका रुपमा जन्मिएकी मोनिकाका दुई दिदी र एक भाइ छन् । उहाँको प्रारम्भिक शिक्षा गाउँमै भए पनि कलेजचाहिँ काठमाडौंमा पढ्नुभयो । हाल ब्रिलियन्ट कलेज चाबेलमा समाजशास्त्र विषय लिएर बिए तेस्रो वर्षमा पढाइ चल्दैछ ।
फिल्म लाइनमा उहाँको प्रवेशचाहिँ संयोग हो । नाचगानमा बाल्यकालदेखि नै रुचि भए पनि कलेजको वेलकम पार्टीमा उहाँको नाच हेरेर औधी प्रभावित हुनुभयो, निर्देशक लय संग्रौला । तत्कालै अफर गरिहाल्नुभयो– नानी, एउटा रोल छ । खेल्छौं ? नभन्दै नेपाल टेलिभिजनको टेलिशृंखला थोरै भए पुगिसरीको ३० भागसम्म मुख्य भूमिकामा छाउनुभयो, मोनिका । त्यसको रेस्पोन्स पनि राम्रो आयो ।

संग्रौलाकै सिफारिसमा मनमनै मन पराएँ फिल्ममा सहअभिनेत्रीको रोल पाउनुभयो । अभिनय गर्न गाह्रो हुने नै भयो । विस्तारै सजिलो हुँदै गयो । निखार आउँदै गयो । त्यसपछि खेल्नुभयो, रुद्राक्ष, वर्षात, ब्ल्याकनाइट, सुरक्षा गार्ड, धर्मयुद्ध आदि । त्यसो त उहाँलाई मनपर्ने हिरो, हिरोइन भने राजेश हमाल र करिश्मा मानन्धर रहेछन् । करिश्मामा नभएको कुन गुण छ त मोनिकामा । उहाँ भन्नुहुन्छ,– दिदीभन्दा मेरो हाइट बढी छ । उहाँको उचाइ ५ फिट ५ इन्च रहेछ ।

नयाँ हिरोइन भए पनि अभिनयमा उहाँको कौशल कमजोर छैन । अभिनयका रहस्य पनि थाहा हुन थालेको छ । विशेषतः समाजका लागि शिक्षाप्रद र लभ स्टोरी सिनेमा खेल्न मनपर्छ उहाँलाई । लोकदोहोरीमा समेमत रुचि राख्ने मोनिकालाई परिवारको समेत सपोर्ट छ । त्यसमा पनि बुबाआमाको । पहिलो अफर आउँदा बुबाआमाले भन्नुभयो रे– अरु कति तालिम लिएर पनि मौका पाउँदैनन्, आएको मौका किन छाड्ने ?
नभन्दै अभिनयमा सिपालु हुनुभयो, क्यामरा फेस गर्न सफल हुनुभयो । लय संग्रौला उहाँका गडफादर भए टेलिफिल्मका लागि । त्यसपछि शंकर अधिकारी घायल । परिवारिक चिनजानका घायललाई उहाँ अंकल भन्नुहुन्छ । अधिकारीकै कारण फिल्ममा जम्दै हुनुहुन्छ अहिले । समयले साथ दिएमा अझ राम्रो गर्दै जाने सोच पनि छ ।

उहाँलाई खानामा साधारण दालभाततरकारी मनपर्छ । कुनै अम्मल छैन । सिगरेट त अरुले खाएको समेत मन पर्दैन । लगाउनमा साडी मनपर्छ उहाँलार्य । अहिलेसम्म विदेश जानुभएको छैन । अब चाँडै जाने विचार छ । विदेशबाट फर्केर फेरि नेपालमै बस्ने चाहना पनि । उहाँले घुमेका ठाउँ लुम्बिनी र गोरखा हुन् । सिनेमाका साथै पढाइको व्यस्तताले थप घुम्न पाउनुभएको छैन ।

उहाँको आइडल कोहीछैन । तर, त्यसै कारण पछि परेजस्तो पनि लाग्छ । सिनेमा क्षेत्रमा शारीरिक शोषण हुने कुरा उहाँलाई स्वाभाविक लाग्छ । उहाँ भन्नुहुन्छ– त्यो मान्छेअनुसार हुन्छ । सोचाइअनुसार पनि हुन्छ । मैले चाहिँ त्यस्तो परिस्थिति सामना गर्नुपरेको छैन । त्यसो त अहिलेसम्म उहाँको कुनै रिलेसनसिप पनि छैन रे ।

उहाँको विचारमा मुर्खको औषधी हो प्रेम । जो माया दिएर परिवर्तन हुन्छ । तर, उहाँ प्रेम नगरी एकैचोटि विवाह गर्ने पक्षमा हुनुहुन्छ । त्यो पनि बुबाआमाले खोजिदिएको केटा । विवाह पनि अहिले होइन, चार, पाँच वर्षपछि गर्ने उहाँको तयारी छ । ह्यान्डसमभन्दा पर्फेक्ट अनि आफ्नै खुट्टामा उभिएको र आफैं संघर्ष गरेर अघि बढ्ने सक्षम पुरुष नै उहाँको सपनाको राजा हुन सक्छ ।

सेक्स बेसिक निड हो उहाँको विचारमा । कुन ठीक र कुन गलत भन्ने छुट्याउन नसक्ने भई त्यस्ते सम्बन्ध राख्न नहुने उहाँको स्पष्ट मान्यता छ । सेक्स कसैको आवश्यकता हुन्छ, कसैको बाध्यता । कोही बुझेर लाग्छन्, कोही नबुझीकन पनि लाग्छन् । तर सेक्स प्रकृतिको नियम हो । यसलाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्नु राम्रो हो । चुम्बनदेखि बेडसिनसम्मका दृश्यले प्रसिद्धि पाएकी मोनिकालाई सेक्सको अनुभव छ कि छैन त ? उहाँ भन्नुहुन्छ– अहिलेसम्म म भर्जिन छु । विवाहअघि नो सेक्स, नो अफेयर्स ।

-ऋषि
काठमाडौं, भदौ ७ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग