Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"म मुख्य सचिव भएपछि गुल्मी स्वर्ग नै हुन्छ भन्ने कल्पना नगर्नुहोस्"

Published on 4:39:00 PM //

गृह जिल्ला गुल्मी भ्रमणमा रहेका नेपाल सरकारका मुख्य सचिब लीलामणी पौड्यालले आफु मुख्य सचिब भएको बेला आफुबाट धेरै आशा नगर्न गुल्मेली जनतालाई आग्रह गरेका छन । आफु गुल्मी जिल्ला र गुल्मेली जनताको मात्र नभई सम्पूर्ण नेपालकै मुख्य सचीब भएकाले पनि योजनाहरु बनाउदा सोही अनुरुप बनाउन पर्ने नैतीक दायीत्व रहेको प्रष्ट पार्नु भएको थियो। तर जिल्लाको बिकास योजना गुल्मी र गुल्मेलीलाइ अन्याय भने हुन नदिने पनि उहाँले बताउनुभयो । पौड्यालले आफ्नो जिल्ला गुल्मीमा कुनै मन्त्रालयका सचिवलाई एउटा योजना पारिदिन आग्रह गरे उनि सचिवले आफ्नो जिल्लामा पाँटवटा योजना पार्ने बताउनु भयो ।


आज नेपाल पत्रकार महासंग गुल्मीले सदरमुकाम तमघासमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले गुल्मीवासी नै मुख्व सचिव भएपछि गुल्मेलीले कस्तो अपेक्षा राख्ने भन्ने पत्रकारहरुको प्रश्नमा यस्तो जवाफ दिनु भएको हो । “मबाट धेरै अपेक्षा नराख्नुहोस् म कुनै ठुलो मान्छे होईन; उहाँले भन्नु भयो –मैले पनि अरुलाई भन्ने हो, मानी लिउँ मैले कृषि सचिवलाई मेरो जिल्लामा एउटा योजना पारिदिन भनें भने उहाँले आफ्नो जिल्लामा पाँचवटा योजना पार्नु हुने छ ।”

विकास निर्माण वितरण प्राणली आदेशमुखी नभई वैज्ञानिक र पारदर्शी हुनु पर्नेमा जोड दिदै उहाँले साधनस्रोतका वुद्धिमतापुर्वक वितरण गर्नु पर्नेमा सरकार लागि परेको जानकारी दिनु भयो । आफु मुख्य सचिव भएको पहिलो बैठकले आठवटा कार्यदल बनाएर प्रतिवेदन तयार पार्न सुरु गरेको बताउनु भयो । देशमा औपचारिक कार्यक्रमहरुले अनावश्यक खर्च र समय लिएको कुरालाई समेत सरकारले नयाँ ढंगबाट काम गर्न सुरु गरेको छ उहाले भन्नु भयो “उपस्थित भएका जतिलाई आशनग्रहण र दिनभरी भाषण हुने गर्दछ औपचारि कार्यक्रममा उपलव्धी कम समय र खर्च बढि । ”

उत्तरदायि प्रणली वनाएर वर्तमान प्राणली नउल्टाएसम्म सरकार र उसका संयन्त्र जनमुखी हुन नसक्ने उहाँको धारणा थियो । सरकार यतिवेला मुख्य तिनवटा विषय सुधार गर्न लागेको छ पौड्यालले भन्नु भयो“ ति हुन उत्तरदयित्व त्यसको मापन र पारदर्शिता । वर्तंमान ऐन कानुन सुधार गर्न, पारदर्शीता र स्वछता कायम गर्न सरकार लागि परेको उहाँको भनाई थियो । “ म आफु मुख्य सचिव भएपछि गुल्मी स्वर्ग नै हुन्छ भन्ने कल्पना नगर्नुहोस् तर जिल्लाको विकास योजनामा अन्याय हुन भने दिने छैन पौड्याले भन्नु भयो त्यस्तो भए भन्नु होला ।”

मुख्य सचिव पौड्याले त्यस अघि कर्मचारीहरुसंग आन्तारिक छलफल र अव केहिवेर पछि रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितीले आयोजना गरेको कार्यक्रम, त्यसपछि रेसुङ्गा बहुमुखी क्यामपस लगाएत दिनैभर विभिन्न कार्यक्रममा व्यस्त हुनुहुनेछ । उहाँलाई हिजो साँझ प्रवेशद्धार रिडीमा गुल्मीवासीले भव्य स्वागत गरेका थिए भने आज विभिन्न संघ–संस्थाहरुले गर्दै छन् ।

प्रेम सुनार, अनिल खत्री, बिष्णु पौडेल साथै रुरु नेट्वर्कको सहयोगमा

मुख्य सचिब रिडी भ्रमण !  

रिडी,भाद्र१३। नेपाल सरकारका मुख्य सचिब लीलामणी पौद्वेल निर्माणाधिन देवदत्त पार्कको अबलोकनका लागि आज रिडी आउनु भएको छ । रिडीमा उहाले देवदत्त पार्कको अबलोकन गर्नु भएको थियो। अबलोकन पछी पार्कमा रुरु रेशुङा सम्रक्षण तथा पर्यतन बिकास समिती द्वारा आयोजित अनौपचारिक सभामा सहभागी हुनुभएको थियो।
मुख्य अतीथी बनाइनु भएका उहाँले सभालाई सम्बोधन गर्दै "आफु रिडीमा कुनै बिकास निर्माणका कार्यक्रम बाँदनका लागि आएको नभइ जनता सँग भेटघातका लागि आएकोले आफु बाट धेरै अपेक्षा नगर्न आग्रह गर्नु भएको थियो। साथै आफु गुल्मी जिल्लाको मात्रा नभइ सम्पूर्ण नेपालकै मुख्य सचीब भएकाले पनि योजनाहरु बनाउदा सोही अनुरुप बनाउन पर्ने नैतीक दायीत्वो रहेको प्रस्त पार्नु भएको थियो।
त्यस्तै सम्बोधनको क्रममा रिडीका जनता द्वारा गरीएको कालीगन्डकीमा ताल निर्माणको मागलाई उहाले प्राबिधिक र आर्थिक रुपमा पुरा गर्न नसकिने कुरा प्रस्टाउदै बरु रानीघाट देखी रिडी सम्म मोटार बाटो निर्माण गर्ने र सो बाटो लाई भबिश्यमा मुक्तीनाथ हुँदै चिनको नाका सम्म जोड्ने आफ्नो योजना रहेको बताउनु भएको थियो।

त्यस्तै रिडीमा ब्यबस्थित ब्रिद्ध आश्रम निर्माण गर्नका लागि तुरुन्तै पहल गर्ने कुरा पनि बाताउनु भएको छ्। कायक्रममा गुल्मीका प्रजीअ कबिन्द्र नेपाल, प्रहरी उपरिक्षक राजकुमार बैदवार,स्थिनिया बिकास अधिकारी हरी ज्ञवली लगायत जिल्लाका बिशिस्त ब्यक्तीहरुको उपस्थिती रहेको थियो। कार्यक्रम अनुसार पार्कमा रहेको १४ फिट अग्लो देवदत्त मुर्तीको अनावरण गर्ने कार्यक्रम रहेपनी बिशेष कारण बस उक्त कार्यक्रम स्थगित गरीएको थियो। -रुरु नेटवर्कबाट







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग