Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्र बहादुरले भेटे विश्वकै होँची महिला (भिडियो सहित)

Published on 5:35:00 PM //


विश्वको सबैभन्दा होँचो पुरुषको रुपमा गिनिज बुकमा नाम लेखाएका चन्द्र बहादुर डाँगी र विश्वकै सबैभन्दा होँचो महिलाकी रुपमा रहेकी ज्योती अम्गेबीच भेट भएको छ । २०१३ को गिनिज बुक अफ वल्र्ड रेकर्ड सार्वजनिक कार्यक्रममा नेपालका चन्द्र बहादुर र भारतकी ज्योतीबीच इटालीमा भेट भएको हो ।
चन्द्रबहादुर र ज्योतीबीचको भेटघाटपछि गिनिज बुकमा अर्को रेकर्ड पनि थपिएको छ । विश्वका सबैभन्दा होँचा पुरुष र महिला भेट भएको यो नै पहिलोपटक हो ।
भारतकी १८ वर्षकी ज्योती र नेपालका ७२ वर्षका चन्द्रबहादुरले विश्व रेकर्डको नयाँ किताबलाई छोपेर मुसुक्क हाँस्दै फोटोशूट पनि गरे । दुबैजना अघिल्लो वर्षमात्र विश्वका सबैभन्दा होँचा पुरुष तथा महिलाको रुपमा नाम लेखाउन सफल भएका हुन् ।
चन्द्रबहादुर र ज्योती उमेरको हिसाबले पूरै एक पुस्ता फरक छन् । तर एक आपसमा भेट हुँदा यी दुइ हँसिमजाक गरेर मज्जाले कुराकानी गरेका थिए । चन्द्र बहादुर दौरा सुरुवाल, ढाकाटोपी र स्टकोटमा थिए भने ज्योती सारी चोलोमा सजिएकी थिइन् ।
फोटोशूटका क्रममा यी दुइबीच ठडिएको किताब निकै ठूलो देखिन्थ्यो । तर वास्तवमा यो किताब जम्मा १ फिटमात्र अग्लो थियो । स्मरण रहोस् ज्योती २ फिट ७ इन्च अग्ली छिन् भने २१.५ इन्चमात्र अग्ला छन् ।
दाङका चन्द्रबहादुरले उक्त समारोहमा आफ्नो नाम गिनिज बुकमा लेखिँदा आफु निकै खुसी रहेको र यो आफ्नो परिवार, गाउँ तथा देशकै लागि महान कुरो रहेको बताए । उनी इतिहासकै सबैभन्दा होँचा व्यक्ति हुन् ।
डाँगी तथा ज्योती लगायतका विश्वरेकर्ड सम्मिलित गिनिज बुकको नयाँ संस्करण आउँदो सेप्टेम्बरबाट बजारमा आउने बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग