Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफैंलाई हिट सम्झिँदा .....

Published on 2:42:00 AM //


कुनै फिल्म भयो भने मैले गर्दा यो फ्लप भयो भनेर कुनै स्टार भन्ला? तर निश्चित छ हिट भयो भने त्यसका हरेक कलाकारले यसको क्रेडिट लिन खोज्छ। बलिउड चलचित्र कक्टेलको मामलामा यस्तै भएको छ।

कक्टेल व्यापारिक रुपले सफल मात्रै के भएको थियो, क्रेडिट लिनेहरुको घुइँचै लागेछ। भारतीय सञ्चारमाध्यमका अनुसार सैफ अलि खानलाई लाग्दो रहेछ कि यो फिल्म उनकै कारण हिट भएको हो। दीपिका पादकुणे पनि यही दाबी गर्दी रहिछन्। उता यसकी अर्की नायिका डायना पेन्टीले पनि फिल्म हिट हुनुमा आफू कारण रहेको दाबी गर्दै आफ्नो पारिश्रमिकसमेत बढाउन थालेपछि चाहिँ कुरो बिग्रिएछ।

डायनाको भनाइ छ कि आफूलाई हेर्नकै लागि दर्शकको ओइरो लागेको हो र उनले त्यसमा देखाएको काम दर्शकको मन मस्तिष्कमा अमिट छाप बनेर बसेको छ। यही फुर्ती लाउँदै डायनाले एक्कासि आफ्नो पारिश्रमिक ह्वात्तै बढाइदिछन्। अरूलाई पनि उनको कारणले कक्टेल चलेको भन्ने लागेको भए त समस्या हुँदैन थियो होला, तर डायनलाई मात्र यस्तो लागेपछि परेछ फसाद। फलत- खेल्ने पक्कापक्की भइसकेको कतिपय विज्ञापनबाट डायनले हात धुनुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग