Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा ७ सशस्त्र प्रहरीको मृत्यु, २० घाइते

Published on 7:28:00 PM //

कपिलवस्तु, भदौ २९- कपिलवस्तुमा भएको दुर्घटनामा ७ जना सशस्त्र प्रहरीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। दाङबाट बुटवलतर्फ गइरहेको लु१ख ३५१९ नम्बरको बस ना१ग ५८७ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा सशस्त्र प्रहरी वरिष्ठ हवलदार हस्तबहादुर विकको घटना स्थलमै मृत्यु भएको हो। बसले ओभरट्याक गरेर आउँदा प्रहरीको भ्यानसँग ठोकेको प्रहरीले जनाएको छ।


गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द खत्रीको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी सशस्त्र प्रहरी जवान शिव चौधरी र अंकलास चौधरीलाई बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको विन्ध्याबासिनी गण चन्द्रौटाका सशस्त्र प्रहरी उपरीक्षक कुलबहादुर नेम्वाङले बताए।
त्यस्तै लालमटिया गाविस दाङका चुरामणी पोख्रेल र अर्का ससस्त्र प्रहरी जवान दीपक बुढाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। त्यस्तै सशस्त्र प्रहरी जवान खगेन्द्र खड्का र हेमन्त थारुको पनि उपचारको क्रममा मृत्यु भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यलयका अनुसार गम्भीर घाइते भएका ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। ६ जनामध्ये ३ लाई शिक्षण अस्पताल महराजगञ्ज, २ जनलाई वीर अस्पताल र एक जनालाई निजामति अस्पताल बानेश्वरमा लगिएको छ।

सशस्त्र प्रहरी निरीक्षक विर्ताशेर थापा, देशवबहादुर कार्की, साहायक निरीक्षक रामबहादुर रेग्मी र सशस्त्र जवान भुवन गिरी, दुर्गा बस्नेत र प्रदीप सिंहलाई हेलिकप्टरबाट काठमाडौं ल्याएका हुन्।

त्यस्तै लुम्बिनी अञ्चल अस्पतनालमा १२ जना घाइतेको उपचार भइरहेको छ। घाइतेहरुमा कृष्णच्न्द्र धिताल, गमबहादुर थापा, शेरबहादुर खड्का, रामेश्वर पाल, दिलीप हरिजन, ज्ञानेन्द्र प्रसाद मौरिया, अदालत चौधरी, नबिन सोनि, ललित बाह्रघरे, अर्जुन चौधरी, अर्जुन सुनार र मुकेश चौधरी छन्। त्यस्तै अन्य २ को चितवनमा उपचार भइरहेको छ।

घाइतेहरुलाई उपचारमा कुनै कसर बाँकी नराख्न‍े सशस्त्र प्रहरी प्रधान कार्यलयले जनाएको छ। त्यस्तै मृतकका परिवार उचित राहत पाउनेसमते कार्यलयले जनाएको छ। दुर्घटनाको सत्यतथ्य छानबिनका लागि बोर्ड गठन भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नारायणबाबु थापाले बताए। उनका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आजै घाइतेको अवस्था र उपचारबारे चिकित्सकसँग जानकारी लिएका छन् ।

नागरिक न्युज डट कम


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग