Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्याण्डबाशी नेपालीहरुले सामुहिक लगानी गर्ने

Published on 11:07:00 AM //

श्रवण खनाल
हेल्सिन्की, फिन्ल्याण्ड । प्रबासी नेपालीहरुलाई आफ्नो आम्दानिको केही हिस्सा नेपालमा लगानी गर्न उत्साह जगाउने अभिप्रायले थालनी गरिएको सामुहिक लगानी अभियान अब परिणाममुखी बन्दै गइरहेको देख्न सकिन्छ ।
यसै उदेस्यबमोजिम फिन्ल्याण्डमा गत अप्रिल महिनामा गठन गरिएको सामुहिक लगानी समितिले सेप्टेम्बर १५ तारिखमा राजधानी हेल्सिन्कीमा बृहद भेलाको आयोजना गरेको छ। गैरआवासिय नेपाली सँघका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा फिन्ल्यान्डमा रहेका नेपालीहरुले सामुहिक कोष मार्फत नेपालमा लगानी गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन।
लगानी समितिका सहसँयोजक गोपाल अर्याललद्वारा संचालित उक्त भेलामा एन आर एन फिन्ल्याण्डका अध्यक्ष डा अरुण पोखरेलले स्वागत मन्तब्य दिनु भएको थियो। त्यसैगरी सँघका उपाध्यक्ष एबम लगानी कोष फिन्ल्याण्डका सँयोजक देबीदत्त शर्माले बिदेशमा आर्जन गरेको रकम मध्य थोरै भन्दा थोरै रुपमा भएपनि आफ्नो देशमा लगानी गरेर नेपाली भएकोमा गर्ब गरौ भन्ने प्रेरणादायी सन्देश दिनु भएको थियो। लगानी समितिका अर्का सदस्य जगन्नाथ काफ्लेले भेलामा उपस्थित समुदायलाई सामुहिक लगानीको बिबिध पक्षमाथि जानकारि गराउनु भएको थियो ।
भेलालाई प्रमुख अतिथीको रुपमा सँबोधन गर्दै एनआरएनका अध्यक्ष जिबा लामिछानेले गैरआवासिय नेपाली सँघले स्थापनाको १० बर्ष नपुग्दै हाशिल गरेको उपलब्धीहरुबारे प्रकाश पार्नु भएको थियो। आफ्नो स्थापनाको दशक नपुग्दै संसारका ६१ मुलुकमा आधिकारिक रुपमा दर्ता भएको गैरआवासिय सँघप्रति नेपाल सरकारको बढ्दो चासो र सँघले उठाएका मागहरुप्रति गम्भिर बन्दै गएका उदाहरणहरु पेश गर्नु भएको थियो।
अब नेपाल सरकारलाई पनि सँघका तर्फबाट ठोस रुपमा केहि गरेर देखाउने बेला आएकाले लगानी बर्ष २०१२ र१३ लाई मध्यनजर गर्दै प्रबासी नेपालीका तर्फबाट सामुहिक लगानी गर्न लागिएको तथ्य अघि सार्नुभएको थियो। अध्यक्ष लामिछानेले नेपालमा लगानीका अवसर अनगिन्ती भयतापनी थालनीको रुपमा सबैभन्दा उपयुक्त मानिएको हाइड्रोपावर क्षेत्रलाई रोजिएको कुरा प्रस्ट पार्नुभयो।
उपस्थित समुदायहरुबाट उठेका जिज्ञासाहरुको अध्यक्षले जवाफ दिदै लगानीप्रति   निस्चिन्त हुन आग्रह गरे लगत्तै लगभग ३ करोड लगानी गर्न त्यहाँ उपस्थित नेपालीहरु प्रतिबद्ध भएका थिए। भेलामा उपस्थित हुन नसकेका तर लगानी समितीलाई जानकारी गराएका अन्य लगानीकर्ताहरुको फेहरिस्त हेर्दा थोरै संख्यामा नेपालीहरु बसोबास गर्ने फिन्ल्याण्डबाट नेपालमा उल्लेख्य लगानी भित्रिन सक्ने अनुमान सहजै लगाउन सकिन्थ्यो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग