Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायती युवराज्ञीको 'टपलेस' तस्बिर

Published on 8:22:00 PM //

एजेन्सी
लन्डन, भाद्र २९ - बेलायती राजपरिवार फेरि एकपटक विवादमा आएको छ ।
राजकुमार हृयारीको नांगो तस्बिर सार्वजनिक भएको केही समयपछि नै युवराज्ञी केट मिडलटनको 'टपलेस' तस्बिर सार्वजनिक भएको हो । फ्रेन्च म्यागेजिन 'क्लोजर'ले शुक्रबार केटको 'टपलेस' तस्बिर छापेपछि पूरै बेलायतमा हंगामा मच्चिएको छ ।

एजेन्सीहरुले जनाएअनुसार उक्त तस्बिर बेलायती महारानीका भतिजा लर्ड लिनलेको फ्रान्सस्थित महलमा छुट्टी मनाउनेक्रममा खिचिएको हो । म्यागेजिनमा राजकुमार विलियम र केटको तस्बिर चार पेजमा समेटिएको छ । कुनै तस्बिरम केट पूरै टपलेस छिन् ।
विलियम र केट अहिले एसिया भ्रमणकाक्रममा सिंगापुर हुँदै मलेसिया आएका छन् ।
बेलायती राजपरिवारले विलियम र केटको निजी जीवनको तस्बिर छापेको भन्दै असन्तुष्टि पोखेको स्रोतलाई उद्धृत गर्दै द सनले जनाएको छ । औपचारिक प्रतिक्रिया भने राजपरिवारले सार्वजनिक गरेको छैन ।

यही महलबाट सार्वजनिक भएको थियो तस्बिर । तस्बिर: एजेन्सी



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग