Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा समाचारको भाषा सम्बन्धी पत्रकारिता तालिम सम्पन्न

Published on 3:17:00 AM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीका सिलसिलामा युएईस्थित कार्यरत संचारकर्मीहरुले युएईमा भएको घटना र प्रवासी नेपालीहरुको गतिविधिहरुलाई विभिन्न अनलाईन तथा प्रिन्ट मेडियाहरुमा समाचारहरु सम्प्रेशर गर्दै आएको क्रममा समाचारको भाषालाई अझै शुद्ध र सरल तरिकाले बनाउने सम्बन्धमा गत २१ सेप्टेम्बर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाल पत्रकार महासंघ युएई शाखाले भाषा सम्बन्धी पत्रकारिता तालिम कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपालबाट आउनु भएको कान्तिपुर दैनिकका चिफ न्यूज डेस्क अखण्ड भण्डारीले तालिम दिनु भएको थियो ।
उक्त तालिम कार्यक्रमको प्रमुख अतिथिमा कान्तिपुर दैनिकका चिफ न्यूजडेस्क अखण्ड भण्डारी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष शंकर ज्ञवालीले गर्नु भएको थियो । अन्य अतिथिहरुमा उज्यालो नेटवर्कका सम्पादक सुनिल न्यौपाने, प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डे, लोक सुवेदी र पत्रकार खेमनाथ पौडेल रहेको कार्यक्रमलाई निमेश गिरीले संचालन गर्नु भएको थियो ।
सचिव अर्जुन दाहालको शुभकामना मन्तव्य लगत्तै सुनिल न्यौपानेले नेपालमा मेडियाहरु बृद्धि हुदै गएको अवस्थामा विभिन्न क्षेत्रका मेडियाहरुको भूमिकाबारे बताउनु भयो भने महेन्द्र पाण्डेले वैदेशिक रोजगारीको लागि विदेशमा जानुभन्दा पहिला जुन देशमा जाने हो त्यहांका कानुन र व्यावस्थाबारे अध्यन गरेर गएमा केही हदसम्म सुरक्षित रहन सक्ने बताउनु भयो । त्यस्तैगरी समाजसेवी लोक सुवेदीले विगतदेखि युएईमा भएको पत्रकारिता र पत्र पत्रिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
नेपालबाट आउनु भएको अखन्ड भण्डारीले समाचारको भाषालाई शुद्ध र सरल तरिकासंग बनाउनको लागि तालिम दिनु भयो । स्लाईड शो मार्फत दिएको तालिममा शब्द, लेखन, संवाद र भाषा शैलीलाई कसरी प्रयाोग गरिने भन्ने बिषयमा रहेको थियो । समाचार लेखन शैली हरेक व्यक्तिको आ–आफ्नै शैली हुने भएता पनि समाचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयलाई बताउनु भएको थियो ।
सोही अवसरमा विगत ८ बर्षदेखि युएईमा कार्यरत पत्रकार खेमनाथ पौडेललाई पत्रकार महासंघ युएई शाखाले बिदाई गरेकको छ । युएईमा प्रवेश गर्ना साथ कलम चलाउन थालेका पौडेल अब स्वदेश नेपाल मै केही गरौ भन्ने धारणाका साथ फर्कन लागेका हुन् । प्रमुख अतिथि भण्डारी र अध्यक्ष ज्ञवालीले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान–पत्र दिएर बिदाई गरेको छ ।
त्यस्तैगरी दुबईको सिंध पंजाब रेष्टुरेण्टमा गत २१ सेप्टेम्बर शुक्रबारका दिन प्रमुख अतिथि कान्तिपुर दैनिकका चिफ न्यूज डेस्क अखण्ड भण्डारी, अतिथि प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डे, युएईका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको बृहद् उपस्थितिमा अमरबहादुर बम बचाउ अभियान र प्रवासी नेपालीहरुको विभिन्न समस्याहरु बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम नेपाली समाज युएईको आयोजना र अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको हो । महासचिव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना समस्या र गुनासोहरु राखेका थिए । उक्त कार्यक्रममा मन्तव्य राख्नेहरुमा महेन्द्र पाण्डे, राजु खड्का, कृष्ण केसी, लोक सुवेदी, डियल शर्मा, अखण्ड भण्डारी राधा ढकाल कृष्ण ढकाल रहेका थिए । उक्त कार्यक्रममा खेमनाथ पौडेललाई बिदाई समेत गरेको छ ।
बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेलले खादा ओढाई सम्मान–पत्र दिएको थियो भने नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा, सल्लाहकार कृष्ण ढकाल र सल्लाहकार छत्र लामाले संयुक्त रुपमा खादा ओढाएर सम्मान–पत्र दिएको छ । त्यस्तैगरी राधा ढकाल, डियल शर्मा र अन्य अतिथिहरुले पनि खादा ओढाएर बिदाई गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग