Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सात महिनाकी गर्भवती यौनधन्दामा !

Published on 1:54:00 AM //



८ असोज, काठमाण्डौ । प्रहरीले यौनधन्दामा संलग्न सात महिनाकी एक गर्भवती महिलालाई रंगेहात पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको योजनामा प्रहरी वृत्त बलाजुबाट खटिएको प्रहरी टोलीले तोपोवनस्थित एकपुरी रिसोर्टमा छापा मार्ने क्रममा ४७ वर्षीय पुरुषसहित उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कोटेश्वरकी २३ वर्षीया अञ्जना बुढाथोकी(नाम परिवर्तन) र कोटेश्वरकै ४७ वर्षीय भक्त ठकुल्ला रहेका छन् । यौनधन्दा सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि बालाजु वृत्तले शनिबार बालाजु बाइपास क्षेत्रका होटल तथा रिसोर्टमा छापा मारेको थियो । वृत्तका डिएसपी राजेश बास्तोलाका अनुसार बुढाथोकी र ठकुल्ला रिसोर्टको बन्दकोठामा भेटिएका थिए । उनले भने, ‘अवैध रूपमा यौनधन्दा हुने गरेको आशंकामा रिसोर्टमा छापा मारिएको थियो, बुढाथोकी र ठकुल्लालाई रिसोर्टको बन्दकोठाभित्र भेटियो ।’

प्रहरीका अनुसार बुढाथोकीको कोटेश्वरमा निजी घर छ । २४ वर्षीय उनका श्रीमान् बेरोजगार छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले भने, ‘बुढाथोकी श्रीमानलाई छलेर ठकुल्लासँग रिसोर्ट गएको देखिन्छ, उनी अन्य व्यावसायिक यौनकर्मी महिलाजस्तो नदेखिए पनि पैसाकै कारण यो काम गरेको हुन सक्छ ।’ प्रहरीका अनुसार यो उनको पहिलो गर्भ हो ।

ठकुल्लाले बुढाथोकीलाई मोटरसाइकलमा रिसोर्ट लिएर गएका थिए । पक्राउ परेपछि दुवैलाई बालाजु वृत्त ल्याइएको थियो । बुढाथोकीले हिरासत कक्षमै बान्ता गरेपछि उनी गर्भवती भएको खुलेको थियो । वृत्तका डिएसपी बास्तोलाले भने, ‘हिरासत कक्षमा बान्ता गरेपछि के भएको भनी सोध्यौँ, पछि उनले नै आफू सात महिनाको गर्भवती भएको बताइन्, उनको शारीरिक चालढालले पनि त्यसलाई पुष्टि गरिरहेको थियो ।’

बयानका क्रममा भने बुढाथोकीले आफूलाई ठकुल्लाले माछा खान भनी रिसोर्ट लिएर गएको बताएकी थिइन् । बुढाथोकीलाई उद्धृत गर्दै डिएसपी बास्तोलाले भने, ‘मलाई त दाइले रिसोर्टमा माछा खान भनी लगेका थिए ।’

प्रहरीका अनुसार ठकुल्ला पनि विवाहित व्यक्ति हुन् । हेर्दा भलादमीझैँ देखिए पनि उनको चरित्र भने ठीक नदेखिएको प्रहरीले बताएको छ । डिएसपी बास्तोलाले भने, ‘हेर्दा ठकुल्ला भलादमी नै देखिन्छन् तर उनको चरित्र भने ठीक नभएको पाइयो ।’

बुढाथोकी गर्भवती भएको जानकारी भएपछि दुवैजनालाई  छाडिएको सौर्य दैनिकमा खबर छ । परिसर प्रमुख एसएसपी चन्दले भने, ‘एकातर्फ गर्भवती महिला, अर्कोतर्फ परिवार भाँडिन सक्ने देखिएपछि बुढाथोकीलाई छाडिएको हो । प्रहरीले उनलाई परिवारका सदस्यलाई नभई उनका साथीको जिम्मामा छाडेको थियो । ठकुल्लालाई पनि त्यहीबेला सख्त चेतावनीपछि छाडिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग